काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले उमेर हद संगठनभित्र कसैको जित हार नभई राजनीति वृत्तमा नयाँ मुद्दा स्थापित गराएको बताएका छन् । सामाजिक सञ्जााल फmेसबुुकमा उनले यस्तो बताएका हुन् ।
उनले उमेर हदबारे भएको निर्वाचनमा ३२ वर्षे उमेर हदको पक्षमा बहुमत आएपछि विद्यार्थी आन्दोलनमा एउटा ऐतिहासिक परिघटना भएको बताएका छन् । संगठनभित्र कसैको हारजित नभएर यस घटनाले हाम्रो पार्टी लगायत राजनीतिक वृत्तमा एउटा नयाँ तरंग ल्याएको उनको भनाइ छ । अखिल (क्रनितकारी) कोे योे निर्णयबााट अन्य विद्यार्थी संगठनहरुलाई समेत दबाबमा परिरहेको उनले बताएए । ‘नेविसंघमा कांग्रेस पार्टीले माथिबाट लादिएको उमेर हद यति वेला हटाउने प्रयास भइरहँदा क्रान्तिकारीको यस निर्णयपछि अफ्ठेरोमा पारेको छ ।’
३२ वर्ष उमेर काटेका संगठनको नेतृत्व तहमा बस्ने लिडरहरुले राष्ट्रिय सम्मेलनमा उमेर हदको एजेन्डालाई विधिवत् प्रस्तुत गरेकाले अहिले सम्भव भएको बताए।
‘०८१ पौष १३ गतेको निर्वाचनको गोप्य मतदानको प्रक्रियाबाट यो एजेन्डाको टुंगो लागेको छ । ३२ वर्ष पुरा हुने जो तपाई नेताहरू हुनुहुन्छ तपाईँको इच्छा विद्यार्थीको बिचबाट आफूलाई परीक्षित हुने मौका गुम्यो भन्ने कुरा मनमा पक्कै पनि छ । त्यो कुरा एक हिसाबले जायज नै छ’ शर्माले भनेका छन्, ‘तर एउटा विधि अगाडि बढिसकेकोले यसमा अल्झिनु भन्दा बरु एक कदम अगाडि बढेर यसको सम्पूर्ण ओनरसिप लिनु उपयुक्त हुन्छ ।’
पार्टीभित्र नवीनतम बहस पैरवी गरेर नीति निर्माण तहमा युवाहरूलाई मौका दिनुपर्ने एजेन्डा स्थापित गर्न लाग्न पनि आग्रह गरेका छन्। उनले माघमा १२ पछि नेतृत्वमा आउनेहरूलाई नयाँ पुस्ताले वैचारिक र सांगठनिक हिसाबले विद्यार्थी आन्दोलनलाई सही बाटोमा डोर्याउने जिम्मेवारी आएको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - २२:१९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश विक (नेपाली) प्रकरणमा काठमाडौं महानगरपालिकाले प्रारम्भिक रूपमा नगरप्रहरीबाट...
आषाढ़ २६ गते, २०८३ - २२:१५
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्र नागरिक...
आषाढ़ २६ गते, २०८३ - २२:१३
काठमाडाैं । दक्षिणी स्पेनको अल्मेरिया क्षेत्रमा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार प्रारम्भिक विवरणले मृतक...
आषाढ़ २६ गते, २०८३ - ०८:५८
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...
आषाढ़ २६ गते, २०८३ - ०८:५४
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...
आषाढ़ २६ गते, २०८३ - ०८:५२
समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने
आषाढ़ २६ गते, २०८३ - ०८:४७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...
आषाढ़ २६ गते, २०८३ - ०८:४६
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...
आषाढ़ २६ गते, २०८३ - ०८:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...
आषाढ़ २६ गते, २०८३ - ०८:२९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...



प्रतिकृया लेख्नुहोस्: