Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सरकारले राम्राे काम नगरे माओवादी केन्द्र जनताकाे एजेण्डा बाेकेर सडकमा आउँछ: वर्षमान पुन

खबरडबली संवाददाता

प्युठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले राम्राे काम नगरे नेकपा माओवादी केन्द्र जनताकाे एजेण्डा बाेकेर सडकमा आउने बताएका छन् ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा आउने बताएका हुन् । 

वर्तमान सरकार जनताको चाहना पूरा गर्न भन्दा पनि विचौलिया, भ्रष्टाचारी र सुशासनका बाधकहरुको रुची अनुसार बनेको दावी गरेका उनले राष्ट्रियता र जनतन्त्रका मुद्दालाई नजरअन्दाज गरेमा सरकार विरुद्ध माओवादी सडकमा उत्रने दाबी गरे । माओवादी केन्द्र पूठान जिल्ला, नौबाहिनी गाउँपालिकाको तेस्रो अधिबेशनमा बोल्दै उनले भने, ‘देउवा बालकोट पुगेर नक्कली भुटानी शरणार्थी काण्डमा ‘जसरी हुन्छ बचाउनुस् प्रधानमन्त्री खानुस भनेर ओलीलाई अफर गरे, बेचन झाहरु पक्राउ परेपछि जसरी हुन्छ हामीलाई बचाउनु प्रधानमन्त्री लिनु भन्ने अफर भयो । बालकोटमा पनि एउटा तरंग भइरहेको थियो । त्यसपछि राताराग गठबन्धन बन्यो । सुशासनको अभियान कमजोर बनाउन, विचौलियाहरुको डिजाइनमा सरकार बनाए ।’

पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले सरकार छोड्दा आफूहरुलाई कुनै चिन्ता नभएको र ८४ सालसम्म माओवादी सरकारमा पनि नजाने बताए । ‘कतिपयले हामीलाई सरकार छोड्दाको पीडा पनि भने । तर होईन । नक्कली भुटानी शरणार्थी, गिरीबन्दु, बासबारी छाला जुत्ता जस्ता कुराको छानविन गर्न थालेपछि सरकार ढालियो । अहिले यी कुनैपनि विषयलाई सरकारले चासो दिएको छैन । जताले यो कुरा बुझेका छन् ।’

सुशासनको विपक्षमा गठबन्धन र सरकार बनाएकै कारण उपनिर्वाचनमा जनताले कांग्रेस–एमालेलाई दण्डित गरेको र आगामी चुनावमा यो अझ बढ्ने उनले दावी गरेका छन् । पत्रकार महासंघको चुनावमा देखिएको जनमतले पनि माओवादीप्रति आम जनता तथा बौद्धिक वर्गमा समेत आकर्षण देखिएको उनले विश्लेषण सुनाए । 

‘उपनिर्वाचनमा जनताले मतदान गरेका छन् । देशभर दोस्रो दल बनाए र हाम्रो सकारले अघि सारेका अभियान र विपक्षीमा हुदा जनताको पक्षमा उठाएका आवाजको अनुमोदन गराए जनताले, उनले भने, ‘कांग्रेस–एमालेको पुरानो कित्ता र माओवादीसहित परिवर्तन चाहानेहरुको नयाँ कित्ता बनेको छ । हामी समाजवादी गणतन्त्रको नयाँ विकल्पसहित एक्लै चुनावमा जाँदैछौं ।’

आगामी चुनावमा कांग्रेस एमालेसँग नभई जनताको एजेण्डा लिएर जनताकै कित्ताबाट एक्लै चुनाव लड्ने उनको भनाई थियो । वर्तमान उपनिर्वाचन र पत्रकार महासंघको चुनावले माओवादीलाई त्यो सन्देश दिएको र यो माओवादीको नीति र नेतृत्वको सफलता भएको उनले दाबी गरे ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending