काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ ।
यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ ।
नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाउनु भएको छ । शान्ति–नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवरबाछ पुरस्कृत हुनुभएको छ ।
तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाउनुभएको छ । काफ्ले अर्थशास्त्र केन्द्रीय विभागको छात्रा हुनुहुन्छ । शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गर्नुभएको छ ।



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - १४:१५
कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...
श्रावण ३० गते, २०८३ - १३:५४
बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...
श्रावण ३० गते, २०८३ - १३:३९
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...
श्रावण ३० गते, २०८३ - १३:१४
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...
श्रावण ३० गते, २०८३ - १२:४३
मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...
श्रावण ३० गते, २०८३ - १२:२०
काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...
श्रावण ३० गते, २०८३ - १२:००
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...
श्रावण ३० गते, २०८३ - ११:४७
तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...
श्रावण ३० गते, २०८३ - ११:३०
म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म
श्रावण ३० गते, २०८३ - ११:१३
नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...



प्रतिकृया लेख्नुहोस्: