Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

रुकुमपश्चिममा गोठमा घाँस हाल्न गएका एक पुरुष मृत फेला

खबरडबली संवाददाता

रुकुमपश्चिम। रुकुमपश्चिममा एक पुरुषको शव फेला परेको छ। जिल्लाको मुसीकोट नगरपालिका–७ साँखका ४७ वर्षीय तुल्सीराम घर्ती पाखागाँउस्थित आफ्नै गोठ नजिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार गोठ नजिकैको कुलोमा घर्ती मृत अवस्थामा फेला पर्नुभएको हो। शुक्रबार बेलुका गोठमा घाँस हाल्न भनेर गएका घर्ती घर नफर्किएको र आज बिहान मृत फेला परेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए। 

स्थानीयले प्रहरीलाई सूचना गरे लगत्तै अस्थायी प्रहरी बिट साँखबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पाठकको नेतृत्वमा एक अनुसन्धान टोली घटनास्थल जाँदै गरेको बताईएको छ। 

मृत्युको कारण नखुलेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एलपी ग्यासको सुरक्षा, गुणस्तर र अनुदान प्रणाली सुधार गर्न सांसदहरूको सरकारसँग माग

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...

रौतहटमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए, थप उपचारका लागि कीर्तिपुर रिफर

रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...

सिंहदरबार अगाडि बाइक पार्किङ गरेर प्रदर्शन, अनेरास्ववियुका नेता–कार्यकर्ता पक्राउ

काठमाडौं। सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा का...

जमुनाहा नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय बरामद

नेपालगन्ज। बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म ज...

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending