काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
शनिबार सिंहको १३ओैं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पिएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे। कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसकेका सिंहले पिएल सिंहले प्रजातान्त्रिक आन्दोलनसँगै असहज बेलामा आफ्नो परिवारको समेत ख्याल गरेको बताए।
'२०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनका बेलामा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँ सरल र सहज स्वभावको हुनुहुन्थ्यो। सबैले स्वीकार गर्ने र सबैसँग भिज्न सक्ने क्षमता उहाँमा थियो। भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखर र पिबि नरसिंह रावसमेत उहाँसँग प्रभावित हुनुले उहाँको क्षमता बुझ्न सकिन्छ,' उनले भने।
पिएल सिंह गणेशमान सिंहसँग मात्र नभइ सन्त नेता कृष्णप्ररसाद भट्टराईको पनि प्रिय रहेको सिंहले स्मरण गरे। पिएल सिंह आफूलाई प्राप्त भूमिकालाई गम्भिरताका साथ निभाउने नेता भएको उनले बताए।
त्यस्तै काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएपछि पिएलले आफ्ने कार्यकालमा काठमाडौंलाई महागनगर बनाएको र काठमाडौंको विकासका लागि अन्तराष्ट्रिय सहयोग जुटाएर आधुनिक सहर बनाउन नेतृत्वदायी भूमिका खेलेको सन्दर्भ पनि सिंहले चर्चा गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: