काठमाडौं । मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियन्ता डा.ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन्। उनले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असहाय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गरेका हुन्।
डा ओम मूर्ति अनिल पोड्कास्टमार्फत् युट्युबमा स्वास्थ्य र समसायमिक विषयमा उनले जनचेतनामूलक प्रस्तुति दिँदै आएका छन्। उक्त युट्युब च्यानल मोनिटाइजेसन भई प्राप्त भएको पहिलो आम्दानीलाई डा ओम मूर्तिले बूढानीलकण्ठ नगरपालिका–४ स्थित चन्डेश्वरी मन्दिर नजिक रहेको पवित्र समाज सेवा नेपालमा आश्रित बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडा र खाद्यान्न सहयोगमा खर्चिएका हुन्। उनले भने, ‘मैले सामाजिक सञ्जालको आम्दानी सामाजिक कर्ममै खर्च गरेको हुँ। आगामी दिनमा अन्यत्र पनि आवश्यकताअनुसार सहयोग गर्दै जानेछु।
संस्थामा १३ महिनादेखि २० वर्षसम्मका ६० जना बालबालिका र ९५ वर्षसम्मका १५ जना वृद्धवृद्धा आश्रित रहेका छन्। आश्रित सदस्यसहित छ जना स्वयंसेवकलाई आवश्यकताअनुसार न्यानो कपडा प्रदान गरिएको थियो। यस्तै विभिन्न खाद्य सामग्री र खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो।
स्वास्थ्य सेवाबाहेक एक दशकभन्दा लामो समयदेखि स्वास्थ्य र समसामयिक विषयमा जनचेतना जगाउँदै आएका डा अनिलको फेसबुक पेजमा १४ लाखभन्दा बढी र युट्युबमा ८० हजारभन्दा बढी फलोअर्स रहेका छन्। डा ओम मूर्ति अनिलले स्वास्थ्य सचेतनामा दुई वटा विश्व कीर्तिमानसमेत कायम गरेका छन्। जसअन्तर्गत गिनिज वर्ल्ड रेकर्ड र वर्ल्ड बुक रेकर्ड (लन्डन) रहेका छन्।
विश्व मुटु दिवसको अवसरमा मुटुको स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यले २९ सेप्टेम्बर २०२३ मा डा उनले फेसबुक लाइभमार्फत ११ हजार दुई सय १२ जना प्रत्यक्ष दर्शकसँग ‘मुटुरोगको स्वास्थ्य जागरूकता लाइभ स्ट्रिम’ को लागि सबैभन्दा धेरै दर्शकको विश्व रेकर्ड कायम गरेका हुन्।
त्यस्तै सन् २०१४ मा डा अनिललाई ‘मुटुरोग रोकथाममा अतिथि वक्ताको रूपमा सबैभन्दा लामो समयको रेडियो अन्तर्वार्ता’ का लागि प्रदान गरिएको थियो। इमेज एफएममा ४४ हप्तासम्म लगातार प्रसारण गरिएको अन्तर्वार्ताको शृङ्खलालाई वर्ल्ड बुक रेकर्ड (लन्डन) ले मान्यता प्रदान गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: