Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सर्लाहीका किसानलाई तरुल खन्न भ्याइ नभ्याइ

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उनले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाएका हुन् ।

चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरूल बेचिसक्ने उनको योजना छ। ‘तरूलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ’, उनले भने, ‘त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ ।’ तरूल स्वस्थ्यका दृष्टिले चिसो मौसममा उपयोगी मानिने भएकाले यसबेला मूल्य बढ्ने गरेको छ ।

दलबहादुरझैँ यहाँका किसानहरुलाई माघेसङ्क्रान्ति नजिकिएसँगै तरूल खन्न भ्याइनभ्याइ छ । बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरूल खेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरूल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ । ‘बगरको खेती सुन जस्तै बनेको छ’, उनले भने, ‘तरूल उत्पादनबाट मनग्य आम्दनी हुन्छ ।’

तरूलखेती गरेका बागमती नगरपालिका–४ जिराएतका किसान विमल खड्काले तरूलको उत्पादन राम्रो हुँदा अन्य बालीभन्दा धेरै आम्दानी हुने गरेको बताए । खड्काले पनि एक बिघामा तरूल लगाएका छन् । यहाँका किसानले आकाशे र पत्ताले गरी दुई जातको तरूल उत्पादन गर्ने गरेका छन् । आकाशे अर्थात् सेतो तरूल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४, जिरायतका तरूल व्यापारी राम दरेस महतोले बताए । 

अर्को पत्ताले अर्थात् रातो जातको तरूल भने, उत्पादन कम हुने, खान स्वादिलो हुने भएकाले मूल्यसमेत महङ्गो उनको भनाइ छ । यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरूल फलाउने गरेका छन् । यसवर्ष छठको समयमा तरूल प्रतिकिलो एक सय २० रूपैयाँसम्ममा बिक्री भएको थियो । हाल बजार मूल्य प्रति किलो ५५ देखि ६० रूपैयाँ रहेको तरूल व्यापारी डम्बरबहादुर खड्काले बताए । यसवर्ष व्यापारी खड्का २० बिघाको तरूल बजार लैजाने तयारीमा छन् । 

उनले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरूल लगाएका छन् । जग्गा भाडामा लिँदा वर्षको प्रतिबिघा ५० देखि ६० हजार रूपैयाँसम्म तिर्नुपर्ने उनले बताए । तरूलखेती गर्दा प्रतिकट्ठा बीउ, मल खाद, कामदार गरी रू आठ हजारसम्म खर्च हुने उनको भनाइ छ । तरूलखेतीबाट किसानले प्रतिकट्ठा रू ३० देखि ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् । 

बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि तीन सय बिघा क्षेत्रफलमा तरूलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरूल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिक बताउँछन् । त्यसकारण बागमती नदी उकास जग्गा तरूल उत्पादनका लागि निकै उपयोगी बनेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: