Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सरकार एकपछि अर्को गलत काम गरिरहेको छ: वर्षमान पुन

खबरडबली संवाददाता

रुकुम पूर्व । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकार एकपछि अर्को गलत काम गरिरहेको आराेप लगाएका छन् । ‘सरकार भ्रष्टाचार र विकृतिमा एकपछि अर्को काम गर्दै गएको छ । जनताले एक दिन प्रतिरोध गर्छ हामी जनतासँग हुनेछौं । दिनदिनैको गणितीय खेलमा हामी लाग्दैनौं । सरकार आफैं कुहिएको, भत्किएको वा झरेको अवस्थामा के गर्ने त्यतिबेलै सोचौंला,’ उनले कार्यक्रममा भने । 

रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको उनले बताए । ‘हाम्रा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको काम र विपक्षमा हुँदा जनताका एजेण्डा उठाएकै कारण जनताले उपनिर्वाचनमा हामीलाई शहरी क्षेत्रमासमेत धेरै मत दिनुभएको छ । सरकार र विपक्षमा बस्दा माओवादीले राम्रो काम गरेकैले जनमत बढ्दै गएको छ,’ उनले दावी गरे ।

देशमा अहिले पनि सरकारका कारण कुनैपनि बेला बंगलादेशको अवस्था आउने खतरा रहेको उनले टिप्पणी गरे । ‘सरकार एकपछि अर्को गलत काम गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयमा मेरिटोक्रेसी विरुद्ध सरकारले हस्तक्षेप गरिरहेको छ, राम्रो काम गरिरहेको विद्युत प्राधिकरणमा हस्तक्षेप गर्ने जस्ता कामबाट जनता निराश छन् । त्यसैले हामी जनताका एजेण्डा बोक्दै जनतासँगै रहन्छौं,’ उनले भने ।

उनले फरक प्रसंगमा बाेल्दै वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरुले ल्याएको दाबी गरेका छन् । उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरुले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए ।

‘एमालेका नेताहरु आएर बीआरआई पनि भयो अव कम्युनिष्टहरु मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरु विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस, भनिरहेका छौं,’ उनले भने, ‘तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरुको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहादैनौं । यो हाम्रो प्रतिवद्धता हो ।’

पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताए । ‘हामी अव सरकारमा जाने होईन । ०८४ सम्म जादैनौं भनेका छौं । सडक र सदनबाट जनताका मुद्दा उठाउँछौं । अव हामी समाजवादी गणतन्त्रको विकल्पसहित हामी सरकारमा भएका स्थानीय तहहरुमा काम गर्छौं । हिजो हामी क्रान्तिकारी शक्ति थियौं । कांग्रेस एमालेसँग मिल्दा उनीहरुजस्तै हो कि भनेजस्तो देखियो । तर होइन । हामी समाजवादी गणतन्त्रका लागि काम गर्छौं,’ उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: