Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सरकार एकपछि अर्को गलत काम गरिरहेको छ: वर्षमान पुन

खबरडबली संवाददाता

रुकुम पूर्व । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकार एकपछि अर्को गलत काम गरिरहेको आराेप लगाएका छन् । ‘सरकार भ्रष्टाचार र विकृतिमा एकपछि अर्को काम गर्दै गएको छ । जनताले एक दिन प्रतिरोध गर्छ हामी जनतासँग हुनेछौं । दिनदिनैको गणितीय खेलमा हामी लाग्दैनौं । सरकार आफैं कुहिएको, भत्किएको वा झरेको अवस्थामा के गर्ने त्यतिबेलै सोचौंला,’ उनले कार्यक्रममा भने । 

रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको उनले बताए । ‘हाम्रा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको काम र विपक्षमा हुँदा जनताका एजेण्डा उठाएकै कारण जनताले उपनिर्वाचनमा हामीलाई शहरी क्षेत्रमासमेत धेरै मत दिनुभएको छ । सरकार र विपक्षमा बस्दा माओवादीले राम्रो काम गरेकैले जनमत बढ्दै गएको छ,’ उनले दावी गरे ।

देशमा अहिले पनि सरकारका कारण कुनैपनि बेला बंगलादेशको अवस्था आउने खतरा रहेको उनले टिप्पणी गरे । ‘सरकार एकपछि अर्को गलत काम गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयमा मेरिटोक्रेसी विरुद्ध सरकारले हस्तक्षेप गरिरहेको छ, राम्रो काम गरिरहेको विद्युत प्राधिकरणमा हस्तक्षेप गर्ने जस्ता कामबाट जनता निराश छन् । त्यसैले हामी जनताका एजेण्डा बोक्दै जनतासँगै रहन्छौं,’ उनले भने ।

उनले फरक प्रसंगमा बाेल्दै वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरुले ल्याएको दाबी गरेका छन् । उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरुले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए ।

‘एमालेका नेताहरु आएर बीआरआई पनि भयो अव कम्युनिष्टहरु मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरु विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस, भनिरहेका छौं,’ उनले भने, ‘तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरुको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहादैनौं । यो हाम्रो प्रतिवद्धता हो ।’

पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताए । ‘हामी अव सरकारमा जाने होईन । ०८४ सम्म जादैनौं भनेका छौं । सडक र सदनबाट जनताका मुद्दा उठाउँछौं । अव हामी समाजवादी गणतन्त्रको विकल्पसहित हामी सरकारमा भएका स्थानीय तहहरुमा काम गर्छौं । हिजो हामी क्रान्तिकारी शक्ति थियौं । कांग्रेस एमालेसँग मिल्दा उनीहरुजस्तै हो कि भनेजस्तो देखियो । तर होइन । हामी समाजवादी गणतन्त्रका लागि काम गर्छौं,’ उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending