Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो

खबरडबली संवाददाता

मुम्बई । अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा २ः द रुल’ रिलिजअघि नै विवादमा पर्दै आएको छ । फिल्मले बक्स अफिसमा मनग्य कमाइ गरेपनि फिल्मलाई लिएर चलिरहेको विवाद भने अन्त्य हुन सकेको छैन ।

फिल्मको प्रदर्शनको क्रममा एक महिलाको मृत्युको घटना अझै शान्त हुन सकेको छैन भने अर्कोतिर यसको रिलिज गीत  ‘दामुन्टे पट्टुकोरा’ लाई लिएर विवाद बढेको छ । गीतमा पुष्पराजले शेखावतलाई चुनौती दिएका छन् । 

उनी भन्छन्,  ‘हिम्मत छ भने मलाई समात ।’ यो गीत फिल्ममा फहद फासिलको क्यारेक्टर एसपी भंवर सिंह शेखावतका लागि बनाइएको भए पनि सामाजिक सञ्जालमा ठूलो विवाद सृजना भएपछि निर्माताले यो गीत युट्युबबाट हटाउनु परेको थियो ।

वास्तवमा नेटिजनहरूले यो गीतमा प्रश्न उठाइरहेका थिए र भनेका छन् कि संध्या थिएटर भागदण्डको घटनामा निर्माताहरूले पुलिस अधिकारीहरूलाई निशाना बनाएका छन् । यही विवादका कारण उक्त गीत फिल्म रिलिज भएकाे २२ दिन पछि युट्युबबाट हटाइएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियरको क्रममा भागदौडमा ३५ वर्षीया महिला रेवतीको मृत्यु भएको थियो भने उनको ८ वर्षीय छोरा गम्भीर घाइते भएका थिए जसको अवस्था निकै नाजुक रहेको बताइएको छ ।

अल्लु अर्जुनले यस विषयमा कानुनी कारबाही भोगिरहेका छन् । यस घटनापछि उनलाई १३ डिसेम्बर २०२४ मा पक्राउ गरी १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । तर, उनले सोही दिन जमानत पनि पाएका थिए । हाल सो घटनामा परेका परिवारलाइ पुष्पाः २ को टिमले २ करोड दिने घोषणा गरेका छन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनाङको दुर्गम भूभागमा नयाँ हिमताल फेला

मनाङ ।  मनाङ जिल्लाको चामे गाउँपालिका–४ अन्तर्गत पर्ने सिङ्गारखर्क क्षेत्रमा हालै पहिचान भएको ‘काजिनसारा ताल’ वैज्ञानिक अध्ययन र औपचारिक प्रमाणीकरणको ...

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending