Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

लुम्बिनी कप महिला फुटबलले खेल क्षेत्रमा योगदान दिनेछ : मन्त्री चौधरी

खबरडबली संवाददाता

बाँके । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरूका विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्त्वपूर्ण अवसर हुने बताएका छन् । शुक्रबार नेपालगन्ज रङ्गशालाको निरीक्षण गर्ने क्रममा मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल सुरुवात हुने देशका लागि खुसीको कुरा भएको बताए । 

उनले भने, "नेपालमा अहिले खेलकुदको माहोल बनेको छ । त्यसमध्ये पनि महिला खेलाडीहरूले उत्कृष्ट नतिजा निकालिरहनुभएको छ । लुम्बिनी कप महिला फुटबल हुनु भनेको खुसीको कुरा हो ।" मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल हुनुभनेको लुम्बिनीवासीका लागि मात्र नभएर सम्पूर्ण देशवासीका लागि सुखद कुरा भएको धारणा राखे । 

उनले भने, "महिला खेलाडीको प्रगति उन्नतीका लागि भैरहेको लुम्बिनी कप महिला फुटबलको प्रतियोगिताको सफलताको शुभकामना दिन चाहन्छु  र आयोजकलाई यो प्रतियोगिता निरन्तर आयोजनाका लागि आग्रह गर्न चाहन्छु । अहिले खेलकुद प्रतियोगिता एक वर्ष हुने अर्को वर्ष नहुने भैरहेको छ । प्रतियोगिता आयोजना गर्न युवा तथा खेलकुद मन्त्रालयले के सहयोग गर्न सक्छ त्यसका लागि हामी तयार छौं ।"

लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशको फुटबललाई माथि उकास्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए । उनले प्रतियोगितालाई सफल बनाउन लुम्बिनी प्रदेशले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगितालाई मध्यनजर गरेर नेपालगन्ज रङ्गशालाको मैदान व्यवस्थापनका लागि समेत राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरिएको उनले जानकारी गराए । 

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि २९ गते सम्म आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । प्रतियोगिता पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्नुका साथै पर्यटन विकासमा समेत कोशेढुङ्गा सावित हुने शाहले बताए । 

शुक्रबार नेपालगन्ज रङ्गशालाको निरीक्षणको क्रममा लुम्बिनी खेलकुद विकास परिषदका निवर्तमान सदस्य सचिव भीम ओली, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति क्षेत्र नम्बर ५ नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द लगायतको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending