काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकारले पुनरवलोकनमा जाने तयारी गरेको छ । पुस ५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि छुटेका प्रसाईंलाई आपराधिक लाभसम्बन्धी मुद्दामा फेरि नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने तर्फ सरकार लागेको हो ।
त्यसका लागि सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्नेगरी महान्यायाधिवक्ताको कार्यालयले तयारी थालेको बताइएको छ । कम्बोडियाको एक दूरसञ्चार कम्पनीमा वर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अर्बौं रुपैयाँ लगानी रहेको अप्रमाणीत प्रमाण र अभिव्यक्ति दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पत्रकार सम्मेलन नै गरेर प्रधानमन्त्री ओलीले कम्बोडियाको कम्पनीमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भन्दै प्रसाईंले अपुष्ट भिडियोको स्क्रिनसट सार्वजनिक गर्दै, विवादास्पद अभिव्यक्ति दिएका थिए । यो विषयले सर्वत्र चर्चा पाएको थियो । त्यसपछि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम अनुसन्धानमा घरबाटै समातिएका उनी बीचमा साइबर सम्बन्धी कसुरमा ४० हजार धरौटीमा छुटेका थिए । तर, छुट्ने आदेशलगत्तै उनी आपराधिक लाभमा पुनः पक्राउ परे ।
यहीबीच प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गराए । रिटमा आफ्ना बुबालाई प्रहरीले गैरकानूनी रूपमा हिरासतमा लिएकाले मुक्त गराउनुपर्ने माग थियो । सोहीअनुसार उनी ५ गते छुटेका थिए । मंसिर ४ गतेदेखि अनुसन्धानका लागि पक्राउ अनुमति लिएर साइबर अपराध कसुरको अभियोग लगेको र धरौटीमा रिहा गरेपछि अर्को कसुर आपराधिक लाभमा पक्राउ गर्ने काम उचित नभएको अदालतले उल्लेख गरेको थियो ।
तर, उनीविरुद्ध अहिले पनि आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको छ । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिश्चन्द्र फुयाँलसँग प्रसाईंको ‘कनेक्सन’ देखिएको छ । यो प्रकरणले प्रसाईंमाथि राष्ट्र बैंकका गभर्नर, व्यवसायी पवनकुमार गोल्यान, दीपेन्द्र अग्रवाललाई धम्क्याएर असुली गर्न खोजेको भन्ने आरोप लागेको छ ।
व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै प्रसाईं र फुयाँललगायतबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबीको भनाई छ । प्रसाईंकै निर्देशनमा फुयालले काम गरेको देखिएपछि प्रसाईंविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
धम्क्याउनका लागि प्रसाईंले अर्का एक व्यक्तिमार्फत फुयाँललाई ५ लाख दिएको खुलेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: