काठमाडौं । नेकपा (एमाले) का निष्काशित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छाचारी, तानाशाही र निरङ्कुश निर्णय गरेर आफूलाई निष्काशित गरेको बताएका छन् ।उनले ओलीको सत्ता उन्मादका कारण आफू निष्काशनमा परेको बताएका हुन् ।
ओलीविरुद्ध कोहीपनि नबोलुन् भनेर यस्तो निर्णय गरेको उनले बताए । ‘यो केपी ओलीको सत्ता उन्माद, प्रधानमन्त्री पनि भएको, पार्टीको अध्यक्ष पनि भएको सत्ताको उन्मादमा गरिएको, अब मेरो विरुद्धमा कोही पनि नबोलुन्, म स्वघोषित बा हुँ सबैको, नव सामन्तको म प्रतीक हुँ, सबैले मप्रति निष्ठा जनाउनुपर्छ भनेर च्यासलमा भएको कार्यशालाको प्रतिवेदनमा लेखेका छन्,’– उनले भने ।
ओलीले सिद्धान्तबाट च्यूत भएर एमालेलाई कम्पनीमा परिणत गर्न लागेको उनले बताए । ओली कम्पनीको जग भत्किने र इमानदार कार्यकर्ताहरुबाट ओलीको कार्यविरुद्ध विद्रोहको सुरुवात हुने उनले बताए । सत्ताको उन्मादमा अगाडि बढ्नेहरु कालन्तरमा कोही पनि नटिक्ने उनको दाबी छ ।
आफूले आजसम्म नेपालको सर्वोपरी हित, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, नेपाली जनताको हक, अधिकार, आर्थिक समृद्धि, सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा, विदेशीको अगाडि लम्पसार परेर राष्ट्रिय अस्मितालाई समाप्त पार्नेहरुको विरुद्धमा, आफ्नो सत्ता स्वार्थका लागि नेपालको साधान स्रोतहरु अर्काको हातमा सुम्पनेहरुको विरुद्धमा आवाज उठाउँदै आएको बताए । उनले कम्युनिष्ट पार्टी र एमालेको घोषित नीतिहरु पनि त्यही रहेको बताए । आफ्नो कदम पनि सोहीअनुरुप रहेको उनले बताए । तर, ओलीलाई ती कुराहरु सह्य नभएको र आफूलाई कारबाही गरिएको उनले बताए ।
देश हितविरीत, भ्रष्टाचार, अनैतिक र देशलाई खत्तम पार्छु भन्नेहरुसँग ओलीको साँठगाँठ रहेको र आफूले आवाज उठाउँदा व्यवधान उत्पन्न हुनेभएपछि स्वैच्छाचारी, तानाशाही र निरङ्कुश निर्णय गरेर आफूलाई कारबाही गरिएको नेता रावलको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: