काठमाडौं । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले नेपालमा भव्य रूपमा माओको १३१औँ जन्म जयन्ती मनाउने भएको छ ।
माओको जन्म जयन्तीको अवसर पारेर बिहीबार दिउँसो १ः ३० बजे राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा अन्तर्क्रिया कार्यक्रम राखिएको केन्द्रका प्रमुख ओम शर्माले जानकारी दिए । समाजवादी चीनको स्थापनामा माओले खेलेको भूमिका नेपालको सन्दर्भमा पनि उत्तिकै महत्त्व भएकाले उनको जन्म जयन्तीको अवसरमा कार्यक्रम राखिएको शर्माले बताए ।
उनका अनुसार कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले ‘माओ दिवस र वर्तमान राजनीति’ विषयमा धारणा राख्नेछन् । ‘नेपालमा समाजवाद स्थापना, वामध्रुवीकरण, पछिल्लो राजनीतिक अवस्थाको सन्दर्भमा यो कार्यक्रम रणनीतिक महत्वको छ । माओको नेतृत्वमा भएको चिनियाँ समाजवादी क्रान्ति नेपालको समाजवादी आन्दोलनमा पनि उत्तिकै सान्दर्भिक छ । यस अन्तर्क्रियाले पार्टी एकता र वाम ध्रुवीकरणबारे विशेष अर्थ राख्छ’, शर्माले भने ।
पछिल्लो समय पार्टी एकतालाई लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विप्लवबिच तिक्तता बढेको चर्चा भइरहेको अवस्थामा यस कार्यक्रम हुनु अर्थपूर्ण रहेको छ । माओ दिवसको अवसरमा खासगरी माओवादी घटकहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २ गते, २०८२ - ०९:२०
कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रमा पूर्वमन्त्री तथा एमाले उपमहासचिव लेखराज भट्टसहित नयाँ अनु...
फाल्गुन २ गते, २०८२ - ०९:१७
काठमाडाेै । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवार, नेता–कार्यकर्ता, स्वतन्त्र उम्मेदवार, छापाखाना, मिडिया, होटेल व्यवसा...
फाल्गुन २ गते, २०८२ - ०९:१३
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं। १ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारस...
फाल्गुन २ गते, २०८२ - ०९:०५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा...
फाल्गुन २ गते, २०८२ - ०८:२७
मनाङ । प्रतिनिधि सभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेद...
फाल्गुन २ गते, २०८२ - ०८:२२
उम्मेदवार गौतमको प्रतिबद्धता: “भरोसा टुट्न दिने छैन, शिर उचो हुने काम गर्छु”
फाल्गुन २ गते, २०८२ - ०८:१७
ललितपुर । ललितपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्...
फाल्गुन २ गते, २०८२ - ०८:०७
कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजे...
फाल्गुन २ गते, २०८२ - ०८:०३
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भगवतीका राज...
फाल्गुन २ गते, २०८२ - ०८:०१
दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जि...



प्रतिकृया लेख्नुहोस्: