Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बङ्गलादेशका प्रदर्शनकारी टेलिभिजन स्टेसनमा प्रवेश, पत्रकारहरू बर्खास्त

खबरडबली संवाददाता

ढाका । एक टेलिभिजन स्टेसनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्शनकारीहरूले मङ्गलबार बताएका छन् । त्यसपछि कम्तीमा पाँच पत्रकारलाई बर्खास्त गरिएको छ । 

विद्यार्थीहरूले अगस्ट क्रान्तिमा भाग लिएका थिए । उक्त क्रान्तिले प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरेको थियो । हसिनाको कार्यकाल मिडिया स्वतन्त्रताका लागि सबैभन्दा खराब अवधिको रूपमा चिनिन्थ्यो । भेदभाव विरोधी विद्यार्थी आन्दोलनका संयोजक हसनत अब्दुल्लाह डिसेम्बर १७ मा १५ देखि २० जना विद्यार्थीको नेतृत्व गर्दै सिटी ग्रुपको कार्यालयमा पुगेका थिए । सिटी ग्रुपले सोमोय टेलिभिजनमा लगानी गर्छ ।

“सोमोय टेलिभिजनले प्रचार प्रसार गरिरहेको थियो, मेरो टिप्पणीलाई घुमाउरो तुल्याइरहेको थियो र एक पतीत राजनीतिक पार्टीको विचारलाई समायोजन गरिरहेको थियो”, हसनतले भने, “हामी प्रेस स्वतन्त्रताका कट्टर समर्थक हौँ तर प्रेस निष्पक्ष रहनुपर्छ ।” उनले माग राख्नमा कुनै समस्या नदेखेको बताउँदै तर विद्यार्थीहरूले बर्खास्त गर्न चाहेकाहरूको सूची बुझाएको भन्ने खबरलाई अस्वीकार गरे । 

टेलिभिजन स्टेसनलाई वित्तपोषण गर्ने व्यापारिक समूहका प्रबन्ध निर्देशकले टिप्पणीका लागि बारम्बार अनुरोधमा कुनै जवाफ दिएनन् । यो घटनाले क्रान्तिपछि पत्रकारहरू माझ त्रास बढाएको छ । टेलिभिजन स्टेशनका वरिष्ठ सम्पादक ओमर फारुकले पाँच जनामध्ये आफू पनि बिना कारण बर्खास्तीको पत्र पाउनेमा परेको बताए । “टेलिभिजन प्रशासनले स्टेशनको बृहत्तर हितका लागि हामीमध्ये केहीलाई पद छोड्न अनुरोध गर्‍यो”, फारुकले भने, “हामीले निर्णयको व्याख्या माग्यौँ तर प्रशासनले कुनै व्याख्या दिन अस्वीकार गर्‍यो ।”

अन्तरिम नेता मुहम्मद युनुसले मिडिया स्वतन्त्रता चाहेको बारम्बार जोड दिएका छन् । युनुसका प्रेस सचिव शफिकुल आलमले यदि कसैले ‘कुनै कारबाही गर्छ भने जिम्मेवारी उनीहरूको हो’ भन्दै सरकारलाई टाढा राख्न खोजेका थिए । प्रेस वाचडगहरूका अनुसार धेरै पत्रकारले विगतका कामका लागि स्पष्ट प्रतिशोधमा प्रहरी अनुसन्धानको सामना गरिरहेका छन् । ती पत्रकारलाई आलोचकहरूले हसिना सत्तामा हुँदा उनको समर्थन गरेको मान्छन् । 

कम्तीमा चारजना पत्रकार जेलमा परेका छन् र देशभरि थुप्रै कानूनी मुद्दाहरूको सामना गरिरहेका छन् । हसिना र उनको सरकारले अखबार र टिभी च्यानलहरू बन्द गर्ने र पत्रकारहरूलाई कैद गर्ने लगायतका मुट्ठीभर स्वतन्त्र मिडिया आउटलेटहरूमा अनावश्यक दबाब दिएको आरोप लगाइएको थियो । 

हसिनाको सरकार ढलेपछि सोमोय टिभी लगायत केही टिभी च्यानलहरू उनको आवामी लिगप्रतिको कथित निष्ठाका कारण आक्रमणको शिकार भए । नोभेम्बरमा प्रदर्शनकारीहरूले सबैभन्दा ठूलो बङ्गला भाषाको समाचारपत्र प्रथम आलोको कार्यालय घेराउ गरेका थिए र द डेली स्टारसहित यसलाई बन्द गर्ने धम्की दिएका थिए । 

बङ्गलादेशमा प्रेस स्वतन्त्रता लामो समयदेखि खतरामा छ । रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार बङ्गलादेश प्रेस स्वतन्त्रतामा १८० देशमध्ये १६५ औँ स्थानमा छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending