Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

दुई वर्षमा सुदूरपश्चिममा लगातार साना ठूला ३७ भूकम्प

बाजुराका ५० पीडित परिवारको त्रिपालमा बास

फइल तस्विर
खबरडबली संवाददाता

धनगढी । शनिबार बिहान बाजुराको गोत्रीलाई केन्द्रबिन्दु बनाएर गएको .२ रेक्टर स्केलको भूकम्पले जगन्नाथ गाउँपालिकामा १ सय ८ वटा घरमा पूर्ण क्षति र ४ सय ६० घरमा आंशिक क्षति पुगेको छ । जगन्नाथ आसपासका पालिकामा पनि थुप्रै घरका भित्ता चर्केको स्थानीयले बताएका छन् ।

भूकम्पले जगन्नाथ–५ दर्जीका ४६ घर पूर्ण क्षति र ८६ घरमा आंशिक क्षति भएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए । ‘दर्जी टोलका ५० घर परिवार चिराचिरा परेकाले त्रिपालमुनि रात काटिरहेका छन्,’ जगन्नाथ–५ का वडाध्यक्ष गौरी सार्कीले भने, ‘ती घरमा बस्न सक्ने अवस्था छैन ।’ विस्थापित परिवारलाई रेडक्रसले उपलब्ध गराएका र गाउँघरकै त्रिपाल जुटाएर काम चलाएको वडाध्यक्ष सार्कीले बताए ।

जगन्नाथ–२ मा २४ घरमा पूर्ण क्षति र ९३ मा आंशिक क्षति, वडा ६ मा १८ घरमा पूर्ण क्षति भएको छ भने १ सय ४ घरमा आंशिक क्षति भएको पालिकाले जनाएको छ । यस्तै, वडा–४ मा १० घर पूर्ण रूपमा क्षति र एक सय २२ घरमा आंशिक क्षति भएको छ । वडा–३ मा १० घर पूर्ण र ४४ घर आंशिक क्षति भएको गाउँपालिका विपद् व्यवस्थापन शाखाले जनाएको छ । यस्तै २४ वटा विद्यालय, ११ स्वास्थ्य चौकी र ६ वटै वडा कार्यालय भवनमा पनि क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्लाभर भएको क्षतिको यकिन तथा तथ्यपरक विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताए । जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका र बुढीनन्दा नगरपालिकामा पनि घरहरूमा आंशिक क्षति भएको बताए । ‘जगन्नाथमा ५० त्रिपाल र कम्बल पठाएका प्रजिअ पाध्याले बताए । विस्तृत विवरण प्राप्त भएपछि थप व्यवस्थापन गर्नेे उनकाे भनाइ छ ।

दुई वर्षमा लगातार ३७  भूकम्प

पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न ठाउँलाई केन्द्रबिन्दु बनाएर निरन्तर दोहोरिइरहेको भूकम्पले यस क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अभिलेख अनुसार ०७९ असोजयता सुदूरपश्चिमका पहाडी जिल्लामा साना ठूला गरी ३७ पटक भूकम्प गएको छ ।

बझाङमा ०७९ असोजदेखि हालसम्म १४ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अभिलेख छ । यसै अवधिमा सबैभन्दा धेरै बाजुरा केन्द्रबिन्दु बनाएर १६ पटक भूकम्प गएको केन्द्रको अभिलेख छ ।

यस अवधिमा सबैभन्दा ठूलो डोटी केन्द्रबिन्दु भएर ०७९ कात्तिक २३ गते राति ६।६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाको मृत्यु भएको थियो । त्यसको अघिल्लो राति खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ५।७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ठूलो भूकम्प जान सक्ने सम्भावनाको पूर्वसंकेत

कैलाली बहुमुखी क्याम्पसमा भूगोल विषयका सहप्राध्यापक लोकबहादुर विष्ट अहिले सुदूरपश्चिम पहाडमा गइरहेका भूकम्पका धक्का ठूलो भूकम्प जान सक्ने सम्भावनाको पूर्वसंकेत हुन सक्ने बताउँछन् । ‘यस क्षेत्रको धरातलमा ठूलो शक्ति सञ्चित भएर बसेको विभिन्न अध्ययनहरूले देखाएको छ,’ उनले भने ‘जुनसुकै बेला विनाशकारी भूकम्प आउन सक्छ ।’

भूकम्पको जोखिम न्यूनीकरणका लागि काम गर्दै आएका केशव भट्ट स्थानीय तहहरूले भवन संहिता लागू नगर्नुलाई थप जोखिम निम्त्याउने अवस्था रहेको बताउँछन् । उनले भने,‘पहाडका घरहरू कमजोर छन् । छानामा अत्यधिक भार छ । आवश्यक सतर्कता छैन,’ भट्टले भने ‘पुराना भवनहरूलाई सबलीकरण ९रेट्रोफिटिङ० गर्न पनि जरुरी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending