Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

दुई वर्षमा सुदूरपश्चिममा लगातार साना ठूला ३७ भूकम्प

बाजुराका ५० पीडित परिवारको त्रिपालमा बास

फइल तस्विर
खबरडबली संवाददाता

धनगढी । शनिबार बिहान बाजुराको गोत्रीलाई केन्द्रबिन्दु बनाएर गएको .२ रेक्टर स्केलको भूकम्पले जगन्नाथ गाउँपालिकामा १ सय ८ वटा घरमा पूर्ण क्षति र ४ सय ६० घरमा आंशिक क्षति पुगेको छ । जगन्नाथ आसपासका पालिकामा पनि थुप्रै घरका भित्ता चर्केको स्थानीयले बताएका छन् ।

भूकम्पले जगन्नाथ–५ दर्जीका ४६ घर पूर्ण क्षति र ८६ घरमा आंशिक क्षति भएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए । ‘दर्जी टोलका ५० घर परिवार चिराचिरा परेकाले त्रिपालमुनि रात काटिरहेका छन्,’ जगन्नाथ–५ का वडाध्यक्ष गौरी सार्कीले भने, ‘ती घरमा बस्न सक्ने अवस्था छैन ।’ विस्थापित परिवारलाई रेडक्रसले उपलब्ध गराएका र गाउँघरकै त्रिपाल जुटाएर काम चलाएको वडाध्यक्ष सार्कीले बताए ।

जगन्नाथ–२ मा २४ घरमा पूर्ण क्षति र ९३ मा आंशिक क्षति, वडा ६ मा १८ घरमा पूर्ण क्षति भएको छ भने १ सय ४ घरमा आंशिक क्षति भएको पालिकाले जनाएको छ । यस्तै, वडा–४ मा १० घर पूर्ण रूपमा क्षति र एक सय २२ घरमा आंशिक क्षति भएको छ । वडा–३ मा १० घर पूर्ण र ४४ घर आंशिक क्षति भएको गाउँपालिका विपद् व्यवस्थापन शाखाले जनाएको छ । यस्तै २४ वटा विद्यालय, ११ स्वास्थ्य चौकी र ६ वटै वडा कार्यालय भवनमा पनि क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्लाभर भएको क्षतिको यकिन तथा तथ्यपरक विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताए । जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका र बुढीनन्दा नगरपालिकामा पनि घरहरूमा आंशिक क्षति भएको बताए । ‘जगन्नाथमा ५० त्रिपाल र कम्बल पठाएका प्रजिअ पाध्याले बताए । विस्तृत विवरण प्राप्त भएपछि थप व्यवस्थापन गर्नेे उनकाे भनाइ छ ।

दुई वर्षमा लगातार ३७  भूकम्प

पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न ठाउँलाई केन्द्रबिन्दु बनाएर निरन्तर दोहोरिइरहेको भूकम्पले यस क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अभिलेख अनुसार ०७९ असोजयता सुदूरपश्चिमका पहाडी जिल्लामा साना ठूला गरी ३७ पटक भूकम्प गएको छ ।

बझाङमा ०७९ असोजदेखि हालसम्म १४ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अभिलेख छ । यसै अवधिमा सबैभन्दा धेरै बाजुरा केन्द्रबिन्दु बनाएर १६ पटक भूकम्प गएको केन्द्रको अभिलेख छ ।

यस अवधिमा सबैभन्दा ठूलो डोटी केन्द्रबिन्दु भएर ०७९ कात्तिक २३ गते राति ६।६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाको मृत्यु भएको थियो । त्यसको अघिल्लो राति खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ५।७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ठूलो भूकम्प जान सक्ने सम्भावनाको पूर्वसंकेत

कैलाली बहुमुखी क्याम्पसमा भूगोल विषयका सहप्राध्यापक लोकबहादुर विष्ट अहिले सुदूरपश्चिम पहाडमा गइरहेका भूकम्पका धक्का ठूलो भूकम्प जान सक्ने सम्भावनाको पूर्वसंकेत हुन सक्ने बताउँछन् । ‘यस क्षेत्रको धरातलमा ठूलो शक्ति सञ्चित भएर बसेको विभिन्न अध्ययनहरूले देखाएको छ,’ उनले भने ‘जुनसुकै बेला विनाशकारी भूकम्प आउन सक्छ ।’

भूकम्पको जोखिम न्यूनीकरणका लागि काम गर्दै आएका केशव भट्ट स्थानीय तहहरूले भवन संहिता लागू नगर्नुलाई थप जोखिम निम्त्याउने अवस्था रहेको बताउँछन् । उनले भने,‘पहाडका घरहरू कमजोर छन् । छानामा अत्यधिक भार छ । आवश्यक सतर्कता छैन,’ भट्टले भने ‘पुराना भवनहरूलाई सबलीकरण ९रेट्रोफिटिङ० गर्न पनि जरुरी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending