पर्सा । वीरगन्ज महानगरपालिका कार्यालयमा चालु आर्थिक बर्ष ०८१/०८२ को पाँच महिनामा एकपटक मात्र कार्यपालिका बैठक बसेको जनप्रतिनिधिहरुले बताएका छन । महानगरमा प्रत्येक महिनामा एक पटक अनिवार्य बस्न भनिएको कार्यपालिका बैठक पाँच महिना बितिसक्दा पनि एक पटक मात्र बसेको उनीहरूले बताएका हुन ।
करिब दुई महिना अगाडि कात्तिक २६ मा एकपटक कार्यपालिका बैठक मात्र बसेको वीरगन्ज महानगरपालिका २० का वडा अध्यक्ष रामकिशोर सिंह ( पराग) ले जानकारी दिए । उनका अनुसार नगर बिशेष सभा पुष भित्रमा गराउनु पर्ने भएपनि अहिलेसम्म बैठक बसाउन खासै तयारी नभएको गुनासो गरे ।
गत कात्तिकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको सरुवा भएपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउनलाई कार्यपालिका बैठकमा सहमति गराउन बैठक बसेको वडा परागले बताए । गत महिनाको अन्तिम सातामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका कर्ण अहिले कार्यपालिका बैठक बसाउनु भन्दा पनि महानगरको शाखामा निति र नियम कार्यन्वयनको कार्यमा लागेको कर्मचारी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कर्ण प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी पाएदेखी पुष मसान्तसम्म नगर बिशेष सभा गराउन तयारीमा नरहेको अवस्था छ । उनी अहिले वडा र शाखामा कर्मचारी अभाव भएको गुनासो बढेको गुनासो सुन्दै वडा स्तरीय बैठकमा सहमति गराएर पत्र माग गरिरहेका छन । साथै कर्मचारी अभाव भएको शाखा र वडामा सहमति पत्रको आधारमा कर्मचारीहरु पठाउने मात्र विभिन्न शाखा र वडाका जनप्रतिनिधि नै बताउने गरेका छन ।
वीरगन्ज महानगरपालिका गत आर्थिक बर्ष ०८०/०८१ मा सम्पन्न भएको बिकाश निर्माण देखि विभिन्न कार्यक्रमको भुक्तानी पनि रोकिएको अवस्था रहेको कर्मचारीहरुले बताएका छन । महानगरपालिका लामो समयदेखि विभिन्न शाखामा कार्यरत रहेका करारका कर्मचारीहरुले पनि केहि महिनादेखि तलब नपाएको गुनासो गरेका छन ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले असोज महिना पछी करारका कर्मचारीहरुको म्याद थप नभएको बताए । साथै अहिले कार्यपालिका बैठक बसाउन अवश्यकता भएको समयमा अनिवार्य बैठक बस्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: