पर्सा । वीरगन्ज महानगरपालिका कार्यालयमा चालु आर्थिक बर्ष ०८१/०८२ को पाँच महिनामा एकपटक मात्र कार्यपालिका बैठक बसेको जनप्रतिनिधिहरुले बताएका छन । महानगरमा प्रत्येक महिनामा एक पटक अनिवार्य बस्न भनिएको कार्यपालिका बैठक पाँच महिना बितिसक्दा पनि एक पटक मात्र बसेको उनीहरूले बताएका हुन ।
करिब दुई महिना अगाडि कात्तिक २६ मा एकपटक कार्यपालिका बैठक मात्र बसेको वीरगन्ज महानगरपालिका २० का वडा अध्यक्ष रामकिशोर सिंह ( पराग) ले जानकारी दिए । उनका अनुसार नगर बिशेष सभा पुष भित्रमा गराउनु पर्ने भएपनि अहिलेसम्म बैठक बसाउन खासै तयारी नभएको गुनासो गरे ।
गत कात्तिकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको सरुवा भएपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउनलाई कार्यपालिका बैठकमा सहमति गराउन बैठक बसेको वडा परागले बताए । गत महिनाको अन्तिम सातामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका कर्ण अहिले कार्यपालिका बैठक बसाउनु भन्दा पनि महानगरको शाखामा निति र नियम कार्यन्वयनको कार्यमा लागेको कर्मचारी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कर्ण प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी पाएदेखी पुष मसान्तसम्म नगर बिशेष सभा गराउन तयारीमा नरहेको अवस्था छ । उनी अहिले वडा र शाखामा कर्मचारी अभाव भएको गुनासो बढेको गुनासो सुन्दै वडा स्तरीय बैठकमा सहमति गराएर पत्र माग गरिरहेका छन । साथै कर्मचारी अभाव भएको शाखा र वडामा सहमति पत्रको आधारमा कर्मचारीहरु पठाउने मात्र विभिन्न शाखा र वडाका जनप्रतिनिधि नै बताउने गरेका छन ।
वीरगन्ज महानगरपालिका गत आर्थिक बर्ष ०८०/०८१ मा सम्पन्न भएको बिकाश निर्माण देखि विभिन्न कार्यक्रमको भुक्तानी पनि रोकिएको अवस्था रहेको कर्मचारीहरुले बताएका छन । महानगरपालिका लामो समयदेखि विभिन्न शाखामा कार्यरत रहेका करारका कर्मचारीहरुले पनि केहि महिनादेखि तलब नपाएको गुनासो गरेका छन ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले असोज महिना पछी करारका कर्मचारीहरुको म्याद थप नभएको बताए । साथै अहिले कार्यपालिका बैठक बसाउन अवश्यकता भएको समयमा अनिवार्य बैठक बस्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: