Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

अल्लु अर्जुनको निवासमा आक्रामण भए पछि उनका पिताले मुख खोले

खबरडबली संवाददाता

हैदाराबाद।‘पुष्पा २’ रिलिजको क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको घटनाले थप बहस निम्ताएको छ । 

सो घटनामा परी एक बालक गम्भीर घाइते भए पछि  स्थीति नसोचेको हुन पुगेको थियो । सोही कारण स्थानीय प्रहरीले सुपरस्टार अल्लु अर्जुनलाई डिसेम्बर १३ मा उनको घरबाट पक्राउ गरेको थियो ।

मुख्यमन्त्री रेवन्त रेड्डीले प्रहरी कारबाहीको बचाउ गर्दै अल्लु अर्जुनलाई लापरवाही गरेको आरोप लगाएका थिए। भागदौडमा एक महिलाको मृत्यु भएपछि हैदरावादका जनता आक्रोशित छन् र अल्लु अर्जुनप्रतिको आक्रोश बढ्दै गएको छ ।

अल्लु अर्जुनको हैदराबादस्थित घरमा उस्मानिया विश्वविद्यालयका केही व्यक्तिहरूले आक्रमण गरेका थिए। प्रदर्शनकारीले अभिनेताको घरमा ढुङ्गा हाने र सन्ध्या थिएटरमा महिलाको मृतकका लागि न्यायको माग गरेका थिए । यससँगै प्रदर्शनकारीले  ‘पुष्पाभाउ’ विरुद्ध नारा लगाएका छन् ।

उता, छोरामाथि भईरहेको निरन्तर आक्रमणपछि अभिनेताका पिता अल्लु अरविन्दले मौनता तोडेका छन् ।

‘पुष्पाका बुवाले कानुनमा विश्वास गर्न आग्रह गरेका छन । छोराको घरमा हमला पछि अल्लु अरविन्दले पत्रकारसँग कुरा गर्दै भने, ‘हाम्रो घरमा के भयो सबैले देखे, तर धैर्यता राखेर परिस्थितिअनुसार काम गर्ने बेला हो यो।’ आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उनले बताए । 

उनले अगाडी भने,  ‘यहाँ मिडिया भएकोले मात्रै प्रतिक्रिया दिएको होइन, अहिले धैर्यताको बेला आएकोले पनि प्रतिक्रिया दिएको छु । कानुनले आफ्नो बाटो लिन्छ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending