Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

सरकार सात बुँदे सहमति अनुसार चल्न सकेन : नैनसिंम महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति सूर्योदय नगर पालिका इलामले आयोजना गरेको कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन्।

'सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्पिड अनुसार चल्नसकेको छैन। यसले कांग्रेसको घोषणा पत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन। कांग्रेस-एमालेबीच गठबन्धन हुँदै गर्दा जनतामाझ व्याप्त निराशालाई आसामा परिणत गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले संसद‍्मा व्यक्त गर्नु भएको थियो,' महरले भने, 'त्यस अनुरूप काम देखिएन। प्रतिबद्धता अनुसार काम नहुँदा पुनः जनतामा वितृष्णा फैलिने हो कि भन्ने डर बढ्न थालेको छ।'

त्यसैले वर्तमान सरकारलाई सात बुँदे सहमति कार्यान्वयनबाट पछि हट्ने छुट् नभएको उनले औंल्याए। 'कांग्रेस संसद‍्को ठूलो दलको हो। कांग्रेसको ओज र स्थितिलाई ध्यान नदिएर सरकार कांग्रेसको तेजोवध हुने गरी अगाडि बढिरहेको आभाससमेत हुन थालेको छ। सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेमा समीक्षा हुनसक्छ,' महरले भने।

यतिबेला कांग्रेस जनताको भावना बुझ्न १०० दिने अभियानका माध्यमबाट जनताको घर दैलोमा रहेको र पार्टीप्रति थुप्रै सुझाव तथा आसा पाइएको उनले दाबी गरे। 'हामीले देशभर जनतासँग कांग्रेस, सरकार र विकासका बारेमा संवाद तथा समीक्षा गरेका छौं। १६ पुसमा कांग्रेसको १०० दिने अभियान सकिएपछि हामी सरकारको बारेमा जनताले कांग्रेसलाई दिएको सुझाव अनुसार सत्ता सहयात्राबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्न सक्छौं,' उनले भने।

त्यसैले सरकारलाई अपेक्षा अनुसार चल्न उनको सुझाव छ। देशका दुई ठूला शक्ति एक ठाउँमा आउँदा सुरुमा जनतामा ठूलो आसा रहे पनि बिस्तारै निराशामा परिणत भइरहेको आफूले १०० दिने अभियानका क्रममा देशका विभिन्न भूभागमा पुग्दा पाएको महरको भनाइ छ। उक्त निरासालाई आसामा परिणत गर्न सरकार सहमति अनुसार अगाडि बढ्नुपर्ने उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending