काठमाडौं । जिल्ला अदालतले थुनामा राख्न पठाइएकी प्रहरी इन्स्पेक्टर बीनुकुमारी शाहीलाई अहिले फेरि अदालत लगिदैछ ।
आइतबार बयानका निम्ति इन्स्पेक्टर शाही आफैं अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । मुद्दा सिआईबीले हेरेकोले आफुहरुले शाहीललाई हिरासतमा राखेको मात्रै परिसरका प्रवक्ता एसपी नवरत्न पौडेलले बताए ।
ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरोले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।
उनीविरुद्ध आपराधिक लाभ तथा संगठित अपराध ऐन–२०७० को महल आकर्षित हुने भन्दै सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । आज उक्त मुद्दामा थुनछेक बहस शुरु हुने अदालतस्रोतले जनाएको छ ।
उक्त मुद्दामा शाहीसहित सुनसरी घर भएका दर्शन पोखरेल, प्रहरी सहायक हवलदार महेन्द्र हमाल, इटहरी बस्ने भिमादेवी थापा, इटहरी नगरपालिका-६ बस्ने ताज मूल भन्ने तजम्मुल इस्लाम र धनकुटा घर भएर इटहरी बस्ने सुस्मा विश्वकर्मालाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये शाही र पोखरेल फरार थिए । सहायक हवलदार हमाल साधारण तारेखमा, थापा र विश्वकर्मा धरौटीमा रिहा भइसकेका छन् ।
थुनछेक बहसपछि शाहीको हकमा साधारण तारेखमा रिहा हुनेदेखि तीन वर्ष थुनामा राख्नेसम्मको आदेश हुनसक्छ । यदि उनी साधारण तारेखमा रिहा भए निलम्बन फुकुवा गरी जागिरमा फर्किन सक्छिन् । धरौटीमा रिहा भए वा जेल चलन भए निलम्बन जारी रहन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: