Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नेपाली भूमिमा भारतको दादागिरी, एक्स्काभेटर र चालकलाई ६ घण्टापछि नियन्त्रणमुक्त

खबरडबली संवाददाता

कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारतीय पक्षले महाकालीको धार नै परिवर्तन गर्नेगरी हिजो एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएको थियो ।

बिहान करिब ११ बजे सदरमुकाम खलङ्गाको वीरेन्द्र वन क्षेत्रनजिकै चालक भास्कर पाठकले भारतीय एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएका थिए । स्थानीयले नेपाली भूमिमा भारतीय हस्तक्षेप बढेको भन्दै एक्स्काभेटर र चालक नियन्त्रणमा लिएर करिब ६ घण्टा स्थानीय, प्रहरी, प्रशासनको नियन्त्रणमा रहेका एक्स्काभेटर र चालकलाई यसपछि फेरि यस्तो गल्ती नगर्ने भन्दै छोडिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

‘पूर्व सूचनाविनै भारतीय मेसिन नेपालतर्फ छिराए लगत्तै चालक र एक्स्काभेटर नियन्त्रणमा लिइएको हो । भारतीय अधिकारीले गल्ती स्वीकार गरेको र अब फेरि यस्तो नगर्ने बताएपछि फिर्ता पठाएका छौँ, प्रजिअ जोशीले भने ‘यसअघि हाम्रो साधनमा पनि उनीहरूले अवरोध गरेका थिए । हामीले भारतीय पक्षको पनि त आयो भनेर बुझायौँ ।’

भारत पिथौरागढ जिल्लाका अधिकारी आनन्द स्वरूप तथा धार्चुला उपजिल्ला अधिकारी अनिल शुक्लको निरन्तरको आग्रहपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपराह्न ४ बजे चालक र एक्स्काभेटर फिर्ता पठाएको थियो । सीमा नदी क्षेत्रमा काम गर्दा आपसी समन्वय आवश्यक पर्छ । तर, भारतीय पक्षले भने एकलौटी रूपमा निर्माणको काम गरिरहेको छ । सीमापारि महाकालीमा तटबन्ध गरिरहेको भारतीय पक्षले विना जानकारी एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएको थियो ।

०७० को बाढीपछि आफ्नो भूमिसमेत छोडेर नेपालले तटबन्ध निर्माण गरे पनि अहिले भारतले नेपालतर्फ महाकालीको बहाव बढ्नेगरी तटबन्ध गरिरहेको छ । धेरै ठाउँमा भारतीय पक्षले नेपालतर्फका ढुङ्गा आफ्नो भूमिमा सारेको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारी जोशीले दुई देशले सीमा क्षेत्रमा काम गर्दा समन्वय गर्नुपर्नेमा एकतर्फी गर्दा समस्या उत्पन्न भएको बताए । दुई वर्षअघि पनि नेपाल र भारतीय पक्षबिच तटबन्ध निर्माणकै विषयमा ढुङ्गा हानाहान भएको थियो ।

भारतीय पक्षको एक्स्काभेटर नेपाली भूमितर्फ आएको विषय केन्द्रमा जानकारी गराइसकेको र केन्द्रबाट पनि यस्ता काम नगर्नेगरी दुई पक्षका बिच कुरा हुने  प्रजिअ जोशीले बताए । आफुहरुले आगामी दिनमा यस्तो नगर्न आग्रह गरेको उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending