Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नेपाली भूमिमा भारतको दादागिरी, एक्स्काभेटर र चालकलाई ६ घण्टापछि नियन्त्रणमुक्त

खबरडबली संवाददाता

कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारतीय पक्षले महाकालीको धार नै परिवर्तन गर्नेगरी हिजो एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएको थियो ।

बिहान करिब ११ बजे सदरमुकाम खलङ्गाको वीरेन्द्र वन क्षेत्रनजिकै चालक भास्कर पाठकले भारतीय एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएका थिए । स्थानीयले नेपाली भूमिमा भारतीय हस्तक्षेप बढेको भन्दै एक्स्काभेटर र चालक नियन्त्रणमा लिएर करिब ६ घण्टा स्थानीय, प्रहरी, प्रशासनको नियन्त्रणमा रहेका एक्स्काभेटर र चालकलाई यसपछि फेरि यस्तो गल्ती नगर्ने भन्दै छोडिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

‘पूर्व सूचनाविनै भारतीय मेसिन नेपालतर्फ छिराए लगत्तै चालक र एक्स्काभेटर नियन्त्रणमा लिइएको हो । भारतीय अधिकारीले गल्ती स्वीकार गरेको र अब फेरि यस्तो नगर्ने बताएपछि फिर्ता पठाएका छौँ, प्रजिअ जोशीले भने ‘यसअघि हाम्रो साधनमा पनि उनीहरूले अवरोध गरेका थिए । हामीले भारतीय पक्षको पनि त आयो भनेर बुझायौँ ।’

भारत पिथौरागढ जिल्लाका अधिकारी आनन्द स्वरूप तथा धार्चुला उपजिल्ला अधिकारी अनिल शुक्लको निरन्तरको आग्रहपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपराह्न ४ बजे चालक र एक्स्काभेटर फिर्ता पठाएको थियो । सीमा नदी क्षेत्रमा काम गर्दा आपसी समन्वय आवश्यक पर्छ । तर, भारतीय पक्षले भने एकलौटी रूपमा निर्माणको काम गरिरहेको छ । सीमापारि महाकालीमा तटबन्ध गरिरहेको भारतीय पक्षले विना जानकारी एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएको थियो ।

०७० को बाढीपछि आफ्नो भूमिसमेत छोडेर नेपालले तटबन्ध निर्माण गरे पनि अहिले भारतले नेपालतर्फ महाकालीको बहाव बढ्नेगरी तटबन्ध गरिरहेको छ । धेरै ठाउँमा भारतीय पक्षले नेपालतर्फका ढुङ्गा आफ्नो भूमिमा सारेको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारी जोशीले दुई देशले सीमा क्षेत्रमा काम गर्दा समन्वय गर्नुपर्नेमा एकतर्फी गर्दा समस्या उत्पन्न भएको बताए । दुई वर्षअघि पनि नेपाल र भारतीय पक्षबिच तटबन्ध निर्माणकै विषयमा ढुङ्गा हानाहान भएको थियो ।

भारतीय पक्षको एक्स्काभेटर नेपाली भूमितर्फ आएको विषय केन्द्रमा जानकारी गराइसकेको र केन्द्रबाट पनि यस्ता काम नगर्नेगरी दुई पक्षका बिच कुरा हुने  प्रजिअ जोशीले बताए । आफुहरुले आगामी दिनमा यस्तो नगर्न आग्रह गरेको उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending