काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा एमाले निकट अनेरास्वियु विभाजित भएको छ । ३१औं जिल्ला अधिवेशन विवादित बन्दा दुई समूह निर्माण भएका हुन् ।
अधिवेशनबाट छुट्टाछुट्टै दुईवटा जिल्ला कमिटी घोषणा भएका छन् । एउटा समूह पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हो भने अर्को समूह पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटा पक्षको हो । शनिबार सम्पन्न भेलाबाट दुवै पक्षले सर्वसम्मत नेतृत्व चयन भएको भन्दै छुट्टाछुट्टै कमिटी सार्वजनिक गरेका हुन् ।
ओली पक्षले निराजन तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी घोषणा गरेको छ । निर्वाचन मण्डलका अध्यक्ष हेमराज हुमागाईंले घोषणा गरेको कमिटीको उपाध्यक्षमा भिजन थापा, सुजन कोइराला र प्रजिता ढुंगाना, सचिवमा सुजन सापकोटा, सहसचिवमा सन्जिव हुमागाई, उत्कर्ष दाहाल र तृष्णा तामाङ, कोषाध्यक्षमा विनायक न्यौपाने निर्वाचित भएका हुन् ।
अधिवेशनले कार्यालय सचिवमा विकास योञ्जनलाई निर्वाचित गरेको छ । सदस्यहरुमा लक्ष्मी खकुरेल, पूजा खड्का, अरुण काफ्ले, सुमन प्याकुरेल, सन्जिव गिरी, अन्जना तामाङ, योसन तामाङ, सन्ध्या धिताल, अनिस नेपाल, सन्देश बोलखे, तारा तामाङ, रविना खड्का, सुजन बाला श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्मिला तिमल्सिना, राजदिप श्रेष्ठ, सुस्मिता तिमल्सिना, सलिना बन्जारा, मनिषा हुमागाई, विनायक न्यौपाने, सुपिद दाहाल, बुद्ध लामा, मनिषा तामाङ र निरु तामाङ सदस्यमा निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष हुमागाईंले जानकारी दिए ।
यसैगरी बाँस्कोटा समूहले दिपेश तिमल्सिनाको अध्यक्षतामा कमिटी घोषणा गरेको छ । यो कमिटीको उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटा, सचिवमा प्रवीण पौडेल, सहसचिवमा तिर्सना तामाङ, आभाष चौलागाईं र उत्कर्ष दाहाल र कोषाध्यक्षमा प्रजिता ढुंगाना रहेका छन् ।
पोलिट्व्युरो सदस्य तथा संघीय सांसद गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरेको अधिवेशनमा अध्यक्ष मण्डल बनाउने विषयमा नै विवाद भएको थियो ।
संस्थापनले जनसंगठन विभाग प्रमुख प्रकाश रोक्काको अध्यक्षतामा अध्यक्ष मण्डल बनाउन खोजेपछि विवाद भएको थियो । अर्को पक्षले अनेरास्वियु स्थायी कमिटीको निर्णय अनुसार प्रदेश अध्यक्षको अध्यक्षतामा गठन गर्ने प्रचलन रहेकाले सोही अनुसार गर्नुपर्ने अडान राखेको थियो ।
केन्द्रीय निर्वाचन आयोग संयोजक सत्या शाहीले निर्वाचन आयोगका सदस्य हेमराज हुमागाईंलाई संयोजक तोकेर पत्र पठाएपछि संस्थापन पक्षले त्यसलाई मानेको छैन ।
अनेरास्वियु काभ्रेका निवर्तमान अध्यक्ष मिलनकुमार गौतमले वन्दसत्रका सबै प्रक्रिया सकेर ब्यानर र झण्डासमेत निकालिसकेपछि आएर भएको घोषणा मान्य नहुने बताए ।
अनेरास्वियु निर्वाचन आयोगका सदस्य हेमराज हुमागाईंले पनि विधि, विधान र प्रक्रिया सबै लत्याएर गरिएको घोषणा मान्य नहुने बताए । अनेरास्वियुको केन्द्रीय समिति नै विभाजित देखिएको छ । काभ्रे गृह जिल्लासमेत रहेका केन्द्रीय अध्यक्ष समिक बडालले संस्थापन पक्षले घोषणा गरेको कमिटी आधिकारिक भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । बहुमत स्थायी कमिटी भने निराजनको कमिटीको पक्षमा रहेको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: