Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

काभ्रेमा एमाले अखिल दुई फ्याक, विद्यार्थी संगठनमा समानान्तर कमिटी घोषण गर्दे केपीलाई गोकुलकाे चुनौती

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक  । काभ्रेपलाञ्चोकमा एमाले निकट अनेरास्वियु विभाजित भएको छ । ३१औं जिल्ला अधिवेशन विवादित बन्दा दुई समूह निर्माण भएका हुन् ।

अधिवेशनबाट छुट्टाछुट्टै दुईवटा जिल्ला कमिटी घोषणा भएका छन् । एउटा समूह पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हो भने अर्को समूह पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटा पक्षको हो । शनिबार सम्पन्न भेलाबाट दुवै पक्षले सर्वसम्मत नेतृत्व चयन भएको भन्दै छुट्टाछुट्टै कमिटी सार्वजनिक गरेका हुन् ।

ओली पक्षले निराजन तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी घोषणा गरेको छ । निर्वाचन मण्डलका अध्यक्ष हेमराज हुमागाईंले घोषणा गरेको कमिटीको उपाध्यक्षमा भिजन थापा, सुजन कोइराला र प्रजिता ढुंगाना, सचिवमा सुजन सापकोटा, सहसचिवमा सन्जिव हुमागाई, उत्कर्ष दाहाल र तृष्णा तामाङ, कोषाध्यक्षमा विनायक न्यौपाने निर्वाचित भएका हुन् ।

अधिवेशनले कार्यालय सचिवमा विकास योञ्जनलाई निर्वाचित गरेको छ । सदस्यहरुमा लक्ष्मी खकुरेल, पूजा खड्का, अरुण काफ्ले, सुमन प्याकुरेल, सन्जिव गिरी, अन्जना तामाङ, योसन तामाङ, सन्ध्या धिताल, अनिस नेपाल, सन्देश बोलखे, तारा तामाङ, रविना खड्का, सुजन बाला श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्मिला तिमल्सिना, राजदिप श्रेष्ठ, सुस्मिता तिमल्सिना, सलिना बन्जारा, मनिषा हुमागाई, विनायक न्यौपाने, सुपिद दाहाल, बुद्ध लामा, मनिषा तामाङ र निरु तामाङ सदस्यमा निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष हुमागाईंले जानकारी दिए ।
यसैगरी बाँस्कोटा समूहले दिपेश तिमल्सिनाको अध्यक्षतामा कमिटी घोषणा गरेको छ । यो कमिटीको उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटा, सचिवमा प्रवीण पौडेल, सहसचिवमा तिर्सना तामाङ, आभाष चौलागाईं र उत्कर्ष दाहाल र कोषाध्यक्षमा प्रजिता ढुंगाना रहेका छन् ।

पोलिट्व्युरो सदस्य तथा संघीय सांसद गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरेको अधिवेशनमा अध्यक्ष मण्डल बनाउने विषयमा नै विवाद भएको थियो ।

संस्थापनले जनसंगठन विभाग प्रमुख प्रकाश रोक्काको अध्यक्षतामा अध्यक्ष मण्डल बनाउन खोजेपछि विवाद भएको थियो । अर्को पक्षले अनेरास्वियु स्थायी कमिटीको निर्णय अनुसार प्रदेश अध्यक्षको अध्यक्षतामा गठन गर्ने प्रचलन रहेकाले सोही अनुसार गर्नुपर्ने अडान राखेको थियो ।

केन्द्रीय निर्वाचन आयोग संयोजक सत्या शाहीले निर्वाचन आयोगका सदस्य हेमराज हुमागाईंलाई संयोजक तोकेर पत्र पठाएपछि संस्थापन पक्षले त्यसलाई मानेको छैन ।

अनेरास्वियु काभ्रेका निवर्तमान अध्यक्ष मिलनकुमार गौतमले वन्दसत्रका सबै प्रक्रिया सकेर ब्यानर र झण्डासमेत निकालिसकेपछि आएर भएको घोषणा मान्य नहुने बताए ।

अनेरास्वियु निर्वाचन आयोगका सदस्य हेमराज हुमागाईंले पनि विधि, विधान र प्रक्रिया सबै लत्याएर गरिएको घोषणा मान्य नहुने बताए । अनेरास्वियुको केन्द्रीय समिति नै विभाजित देखिएको छ । काभ्रे गृह जिल्लासमेत रहेका केन्द्रीय अध्यक्ष समिक बडालले संस्थापन पक्षले घोषणा गरेको कमिटी आधिकारिक भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । बहुमत स्थायी कमिटी भने निराजनको कमिटीको पक्षमा रहेको दाबी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending