Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नेपालमा उत्पादित वस्तुको निर्यात बढाउन सके अर्थतन्त्र बलियो हुन्छ: मन्त्री पाण्डे

खबरडबली संवाददाता

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति सजिलो हुन जरुरी रहेको बताएका छन् । 

पूर्वी चितवनको खैरहनीमा शुक्रबारदेखि सुरु भएको तेस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालमा उत्पादित वस्तुको निर्यात बढाउन सके अर्थतन्त्र बलियो हुने बताए । उनले भने, “अर्थतन्त्र बलियो बनाउन निर्यात बढाउन जरुरी छ । यसका लागि तीनै तहका सरकारको नीति तथा कानुन सहज बनाउनुपर्छ ।”

चितवन पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्लाको रुपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले यसलाई चलायमान बनाउन सके अर्थतन्त्रमासमेत सहज हुने बताए । पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत रुपमा सहयोग गर्न र पूर्वाधारको विकास गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री पाण्डेले पछिल्लो समय देखिएको भ्रमको राजनीति चिर्दै अघि बढ्न जरुरी रहेको बताए । 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, कृष्ण खनाल र ईश्वर सापकोटा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल पाठक, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारी, रास्वपाका टीकादत्त इटानी, खैरहनी नगरपालिका–८ का वडाध्यक्ष शङ्कर कँडेललगायतले मेला र महोत्सवबाट जिल्लाको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending