Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

हुण्डी कारोबारमा काठमाडौं प्रहरीको आक्रामक कारबाही

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ । यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । 

प्रहरीले मंगलबार राति काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । भोलिपल्ट बुधबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट प्रहरीले साढे २६ लाख रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको हाे । मंगलबार राति पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा विर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन् । 

प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुकदेव खनाल नेतृत्वको प्रहरी टोलीले प्रदेश-३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको थियो । भोलिपल्ट काठमाडौं-९ बत्तीसपुतलीबाट स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा गुल्मी तम्घास नगरपालिका वडा नम्बर ४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे छन् । उनी बत्तीसपुतलीमा श्री बालाजी इम्पोर्ट प्रालि नामक कम्पनीका सञ्चालक हुन् ।

प्रहरी नायब उपरीक्षक खनाल र परिसरको टोलीले कम्पनीमा छापा मार्दा भारतीय नागरिक ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौं-१ कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं-१६ का ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् ।
उनीहरू उक्त कम्पनीमा शंकास्पद गतिविधि गरिरहेका थिए । सूचना पछ्याउँदै गएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको  परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । 

पक्राउ परेकामाथि आवश्यक बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण ऐन अनुसार अनुसन्धान थालिएको छ । यी दुबै कारबाहीमा गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) खनालले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ । आयस्रोत नदेखिएको त्यस्तो रकम कारोबारबाट मानिसले कालो धन आर्जन गरेको हुनसक्ने शंका बढी रहन्छ । 

काठमाडौंमा हुन्डी कारोबार हुने मुख्य क्षेत्र यसअघि न्युरोड कहलिन्थ्यो । अहिले त्यहाँबाट विस्तार हुँदै अन्य क्षेत्रमा पुगेको छ । भिडभाड र व्यापारिक गतिविधि हुने क्षेत्रमा हुन्डी कारोबार बढी हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरे बताउँछन् ।

हुन्डी एक किसिमको ‘रेमिट्यान्स’ नै हो । तर यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउने, अनौपचारिक क्षेत्रमा लगानी हुने हुनाले अनधिकृत व्यापार, व्यवसायसँगै राजश्वसमेत घटाउँछ । 

प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन । राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यो गैरकानुनी हो । हुन्डीको प्रमुख स्रोत रेमिट्यान्स हो । कतार, दुबई, साउदी अरब, मलेसियाबाट नेपालमा रेमिट्यान्स औपचारिक र अनौपचारिक दुई तरिकाले आउने गरेका छन् ।

नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा देखिएको रजौरे बताउँछन् । हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्‍याइदिने चाँजो मिलाउँछन् । राष्ट्र बैंकका अनुसार हुन्डी कारोबार रोक्नका लागि नेपालमा विभिन्न रेमिट कम्पनीलाई लाइसेन्स दिइएको छ । उनीहरूमार्फत् औपचारिक च्यानल प्रयोग गरी रेमिट्यान्स पठाउन सकिन्छ ।

परिसर प्रमुख रजौरे हुण्डी मात्रै नभएर काठमाडौंमा हुने हरेक गैरकानुनी गतिविधि छिन्नभिन्न पार्न प्रहरी सक्रिय रहेको बताउँछन् । ‘हामीले सूचना संकलन गर्ने, गैरकानुनी गतिविधि भएको ठाउँमा द्रूत कारबाही चलाइरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म सफलता हात पारिरहेका छौं, मंगलबार र बुधबार कारबाही गरेको क्षेत्रमा सर्च अपरेशन चलाएका छौं ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: