Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

लोकतन्त्रको पूर्ण सुनिश्चितताको शर्त शान्ति सुरक्षा हो: गृहमन्त्री लेखक

खबरडबली संवाददाता

पाल्पा । गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्ति सुरक्षा रहेको भन्दै सरकार प्रतिवद्ध रहेको बताए । 

इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवनको उट्घाटन गर्दै मन्त्री लेखकले शान्ति सुरक्षा भएन भने अन्य कुनै पनि सेवा प्रदान गर्न नसकिने बताए । “लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्ति सुरक्षा हो । यदि देशमा शान्ति सुरक्षा र विधिको शासन भएन भने कुनै पनि सेवा दिन सकिँदैन । यो सरकार मुलुकमा शान्ति सुरक्षालाई पूर्ण रुपले कायम गर्ने कुरामा प्रतिबद्ध छ”, उनले भने । 

सरकारले उद्योग धन्दा, व्यवसाय, नागरिकलाई दिने सेवा सबै कुराको लागि पूर्ण रुपले शान्ति सुरक्षा प्रदान गर्दै आएको बताए । देशमा भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाएको उनले बताए । उनले भने, “यो देशमा जतिसुकै ठूला मान्छे किन नहोस् यदि अपराध गरेको छ भने कानुन बमोजिम अनुसन्धान हुन्छ । न्यायिक प्रक्रियामा जानु पर्छ ।”

नगरिकलाई सहज र सरल रुपले सेवा प्रदान गर्नका लागि सरकार लागिरहेको बताए । “सरकारको पहिलो प्राथमिकता भनेको नागरिकलाई सेवा प्रदान गर्नु हो । हामी यो विषयमा चिन्तित छौं । नागरिकलाई कुनै समस्या नहुने गरेर सेवा दिन हामी लाग्छौं ।”

कार्यक्रमको अवसरमा कार्यालयमा राहदानी र राष्ट्रिय परिचय पत्र सेवाको शुभारम्भ गर्दै उनले कर्मचारीको अभाव र कुनै पनि सामाग्रीको कारणले कुनै पनि हालतमा सेवा अवरुद्ध हुन नदिने प्रतिवद्धता जनाए । फरक प्रसंगमा उनले रामपुर देशको सम्भावना युक्त स्थान भएको भन्दै मुख्य जीवन रेखा कालीगण्डकी करिडोर भएको बताए । उनले भने, “दुई ठूला अर्थतन्त्र भएका देशहरुलाई जोड्ने मुल बाटो खोलेका छौं । यो बाटोमा रामपुर पनि परेको छ । यहाँको भविष्य छ ।” सरकारले हामीले केही समय अघि मात्र कोरोलामा गएर अध्यागमन कार्यालय स्थापना गरेको जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: