काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । महाधिवेशनको साढे पाँच महिनापछि नेताहरूले जिम्मेवारी पाएका हुन् ।
२६ मङ्सिरमा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले कार्यविभाजनको टुंगो लगाएको हो । कार्यविभाजन अनुसार सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मा पाएका छन् भने सङ्गठन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता डा. बेदुराम भुसालले पाएका छन् ।
वरिष्ठ नेता प्रमेश हमालले विदेश विभाग र घनेन्द्र बस्नेतले राजकीय मामिला विभागको जिम्मा पाएका छन् ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुख, उपाध्यक्ष जगन्नाथ खतिवडा सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई अनेमसंघ इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशी सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेस प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
कार्यविभाजनमा महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ भने उपमहासचिव राजेन्द्र राई कोशी प्रदेश इन्चार्ज बनेका छन् ।
उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । त्यसैगरी उपमहासचिव गरिमा शाह संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीले लुम्बिनी इन्चार्जको जिम्मा पाउँदा सचिव श्रीनाथ बरालले गण्डकी इन्चार्ज पाएका छन् । अर्का सचिव चन्द्रबहादुर शाहीले कर्णाली इन्चार्जको जिम्मा पाएका छन् ।
युवा इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीले पाएका छन् । यद्यपि कार्यविभाजनको औपचारिक निर्णय सो पार्टीले सार्वजनिक गरेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: