काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । महाधिवेशनको साढे पाँच महिनापछि नेताहरूले जिम्मेवारी पाएका हुन् ।
२६ मङ्सिरमा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले कार्यविभाजनको टुंगो लगाएको हो । कार्यविभाजन अनुसार सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मा पाएका छन् भने सङ्गठन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता डा. बेदुराम भुसालले पाएका छन् ।
वरिष्ठ नेता प्रमेश हमालले विदेश विभाग र घनेन्द्र बस्नेतले राजकीय मामिला विभागको जिम्मा पाएका छन् ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुख, उपाध्यक्ष जगन्नाथ खतिवडा सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई अनेमसंघ इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशी सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेस प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
कार्यविभाजनमा महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ भने उपमहासचिव राजेन्द्र राई कोशी प्रदेश इन्चार्ज बनेका छन् ।
उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । त्यसैगरी उपमहासचिव गरिमा शाह संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीले लुम्बिनी इन्चार्जको जिम्मा पाउँदा सचिव श्रीनाथ बरालले गण्डकी इन्चार्ज पाएका छन् । अर्का सचिव चन्द्रबहादुर शाहीले कर्णाली इन्चार्जको जिम्मा पाएका छन् ।
युवा इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीले पाएका छन् । यद्यपि कार्यविभाजनको औपचारिक निर्णय सो पार्टीले सार्वजनिक गरेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २ गते, २०८२ - २२:१७
नेपालमा वि.सं. २०४६ सालको परिवर्तनपछि आएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रले आम जनताको आधारभूत आवश्यकता, जातीय मुक्ति, क्षेत्रीय विभेद र वर्...
फाल्गुन २ गते, २०८२ - २१:०३
जीवनभर साथ दिएको बुवाको चेतावनी-“यस्ता मोराले के गरिखान्छन् ?”
फाल्गुन २ गते, २०८२ - २०:५३
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ। बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल ल...
फाल्गुन २ गते, २०८२ - २०:५१
रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा आगजनी, भ्रष्टाचार, कुशासन र दमन मच्चाउने शक्तिलाई जन...
फाल्गुन २ गते, २०८२ - २०:४७
विरासत जोगाउने दौडमा लेखराज, समीकरण भत्काउने रणनीतिमा प्रेम आले
फाल्गुन २ गते, २०८२ - २०:२८
रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह चुनावी दौडाहामा रहेका बेला रुपन्देही क्षेत्रमा बालेनको ...
फाल्गुन २ गते, २०८२ - २०:२६
भोजपुर। रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सश...
फाल्गुन २ गते, २०८२ - २०:२१
पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको छ । पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन...
फाल्गुन २ गते, २०८२ - २०:१९
बागलुङ । बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ । छन्त्यालसँगै बिहीबार भएको दुर्...
फाल्गुन २ गते, २०८२ - २०:१६
काठमाडौं । काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा मन्दिरको दर्शन गर्न जाँदा महँगा गरगहना लगाएर अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंक...



प्रतिकृया लेख्नुहोस्: