काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत औपचारिक धारणा सार्वजनिक गर्दै उक्त कदम अस्वीकार्य भएको स्पष्ट पारेको हो।
सञ्चारमाध्यमको जिज्ञासामा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल ले भने, “भारत, चीनले भारतीय क्षेत्रभित्र पर्ने स्थानहरूलाई मनगढन्ते नाम दिने कुनै पनि दुष्ट प्रयासलाई पूर्ण रूपमा अस्वीकार गर्छ।”
विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “झुटा दाबी र मनगढन्ते कुराहरू प्रस्तुत गर्ने चीनका यस्ता प्रयासहरूले यो अटल सत्यलाई परिवर्तन गर्न सक्दैनन् कि अरुणाचल प्रदेश सहित यी सबै क्षेत्रहरू सधैं भारतको अभिन्न र अविभाज्य अंग थिए, छन् र रहनेछन्।”
मन्त्रालयले चीनका यस्ता गतिविधिले दुई देशबीच सम्बन्धलाई स्थिर र सामान्य बनाउने प्रयासलाई कमजोर पार्ने उल्लेख गर्दै यस्ता कदमबाट टाढा रहन आग्रह गरेको छ।
समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार चीनले आफ्नो शिनजियांग प्रान्तमा, पाकिस्तान प्रशासित कश्मीर र अफगानिस्तानको सीमाना नजिक नयाँ जिल्ला स्थापना गरेको छ। “सेनलिङ” नाम दिइएको उक्त जिल्ला काराकोरम पर्वतमाला आसपास अवस्थित रहेको र यसले रणनीतिक महत्व बोकेको जनाइएको छ।
पीटीआईका अनुसार, गत वर्ष पनि भारतले ‘हीन’ र ‘हेकाङ’ नामक जिल्लाको निर्माणबारे चीनसमक्ष आपत्ति जनाएको थियो। भारतले ती जिल्लाका केही भूभाग आफ्नो केन्द्रशासित प्रदेशलद्दाख अन्तर्गत पर्ने दाबी गर्दै आएको छ।
‘हीन’ जिल्लामा विवादित अक्साई चिन पठारको ठूलो हिस्सा समेटिएको बताइएको छ। सन् १९६२ को भारत-चीन युद्ध पछि चीनले उक्त क्षेत्र कब्जामा लिएको थियो, जुन त्यसयता भारत–चीन सीमा विवादको प्रमुख मुद्दामध्ये एक रहँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - २१:५४
काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...
बैशाख २७ गते, २०८३ - २१:२९
सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...
बैशाख २७ गते, २०८३ - २१:२६
मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...
बैशाख २७ गते, २०८३ - २१:१८
रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाको चन्द्रपुर–२ टेम्प...
बैशाख २७ गते, २०८३ - २१:१०
काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...
बैशाख २७ गते, २०८३ - २१:०६
काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...
बैशाख २७ गते, २०८३ - १९:५८
मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...
बैशाख २७ गते, २०८३ - १९:४३
काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...
बैशाख २७ गते, २०८३ - १९:३४
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...
बैशाख २७ गते, २०८३ - १९:३१
जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...


प्रतिकृया लेख्नुहोस्: