हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।
आइतबार साँझ करिब ४ बजे हेटौँडा उपमहानगरपालिका–१ चौकिटोलस्थित जगतबहादुर घिसिङको जस्ताले बनाएको घरमा लोकल मदिरा उत्पादन गर्ने भट्टी सञ्चालन भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले करिब ४ हजार लिटर तयारी घरेलु मदिरा तथा करिब ५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ। त्यस्तै, मदिरा उत्पादनमा प्रयोग हुने ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टे चुलो, २ बोरा चामल तथा विभिन्न प्लास्टिकका ड्रम र बोतलहरू समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त भट्टीका सञ्चालक करिब ६० वर्षीय जगतबहादुर घिसिङसहित त्यहाँ कार्यरत तीन जना कामदारलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–७ बस्ने २३ वर्षीय सुजन तामाङ, बारा कोल्बी नगरपालिका–८ बस्ने १९ वर्षीय अजय लामा र चितवन कालिका नगरपालिका–९ बस्ने ३४ वर्षीय सुरेश प्रजा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्लामा अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्न प्रहरीको सक्रियता पछिल्लो समय बढ्दै गएको छ।
यसअघि पनि प्रहरीले विशेष सुरक्षा अभियानअन्तर्गत विभिन्न स्थानमा छापा मार्दै अवैध मदिरा उद्योगहरूमा निगरानी बढाएको जनाएको छ। यस्ता गतिविधिले राज्यलाई राजस्व घाटा पु¥याउने मात्र नभई सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भएकाले नियन्त्रणमा कडाइ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले नागरिकहरूलाई यस्ता अवैध गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - २१:५४
काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...
बैशाख २७ गते, २०८३ - २१:२९
सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...
बैशाख २७ गते, २०८३ - २१:२६
मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...
बैशाख २७ गते, २०८३ - २१:१८
रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाको चन्द्रपुर–२ टेम्प...
बैशाख २७ गते, २०८३ - २१:१०
काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...
बैशाख २७ गते, २०८३ - २१:०६
काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...
बैशाख २७ गते, २०८३ - १९:५८
मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...
बैशाख २७ गते, २०८३ - १९:४३
काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...
बैशाख २७ गते, २०८३ - १९:३४
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...
बैशाख २७ गते, २०८३ - १९:३१
जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...


प्रतिकृया लेख्नुहोस्: