Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

करिब ३० वर्षपछि मुख्यालय पुनः कब्जा गरेको म्यानमा विद्रोहीहरुको दाबी

खबरडबली संवाददाता

बैङ्कक । म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही समूहलाई करिब ३० वर्षअघि बलपूर्वक निष्कासित गरिएको थियो । 

करेन नेसनल युनियन (केएनयु) का लडाकूहरुले केही दिनको लडाइँपछि थाई सीमामा रहेको मानेरप्लाव कब्जा गरेको केएनयुका नेता साव थामाइन टुनले बताए । “म्यानमाका जुन्ता सैनिकहरु अझै पनि यसलाई फिर्ता लिन चाहन्छन् र उनीहरुले ड्रोन प्रयोग गरे र हाम्रो सेनामाथि बम प्रहार गर्ने प्रयास गरे”, उनले भने, “तर हाम्रा सेनाले आधार कब्जा गरिसकेका छन् ।”

वर्षौसम्म केएनयुको करेन अल्पसङ्ख्यकको अधिकारका लागि दशकौँ लामो सशस्त्र सङ्घर्षको मुख्यालय थियो र त्यहाँ म्यानमाको तत्कालीन जुन्ताविरुद्ध अन्य विरोधी राजनीतिज्ञहरू पनि थिए । इसाई बहुल केएनयुभित्र विभाजन भएपछि जुन्ता र विभाजित बौद्ध गुटले सन् १९९५ मा आधार कब्जा गरे । यसबाट हजारौँ मानिस थाइल्यान्ड पलायन हुन बाध्य भए ।

मानेरप्लावको पतनपछि जुन्ताले कायिन राज्यको नाम परिवर्तन गरी एउटा सहयोगी सशस्त्र समूह, डेमोक्रेटिक कायिन बौद्ध सङ्गठनलाई यसको जिम्मा दियो । सन् २०२१ मा पछिल्लो विद्रोहपछि केएनयुले वर्तमान जुन्तासँग बारम्बार झडप गरेको छ र सेनालाई अपदस्थ गर्न खोज्ने अन्य विरोधीहरुलाई आश्रय र प्रशिक्षण प्रदान गरेको छ । 

“मानेरप्लाव करेनहरूका लागि एउटा ऐतिहासिक स्थान थियो”, साव थामाइन टुनले भने । यहाँ करिब एक सय सैनिकलाई गाडिएको छ । “हामीले सबैको सम्मान गर्न यस क्षेत्रलाई पुनर्निर्माण गर्नुपर्छ”, उनले भने । सन् २०२१ को सैन्य अध्यादेशपछि म्यानमा अशान्त छ । अध्यादेशले केएनयु जस्ता विद्रोही समूहहरुसँग नयाँ लडाइँ सुरु गर्यो र देशभरि सैन्य शासनविरुद्ध लड्ने धेरै लोकतान्त्रिक ‘जनताको सुरक्षा बल’ लाई जन्म दियो । 

संयुक्त राष्ट्रसङ्घका अनुसार लडाइँका कारण ३० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । द्वन्द्वले नियमितरुपमा थाइल्यान्डसँग म्यानमाको दुई हजार चार सय किलोमिटर सीमा पार गरेर हजारौँलाई पलायन गराउँछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending