बर्दिबास । बर्दीबास नगरपालिकाले स्थानीय कृषकलाई सहुलियत दरमा गहुँको बिउँ वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा १४ वटै वडाका ४२५ जना कृषकलाई बिउँ वितरण गरिएको हो ।
अहिले प्रति किसान २० केजीदेखि बढीमा ८० केजीसम्म बिउँ वितरण गरेको छ । वितरण गरिएका वीउमा १३ हजार ५०० किलो गौतम र छ हजार ५०० किलो विजय प्रजातीको गहुँ छ । नगरपालिकाका कृषि विकास शाखा प्रमुख साजन दहालका अनुसार गहुँको बिउँको सरकारी रेट प्रति किलो ८५ रुपियाँ छ । नगरपालिकाले भने अनुदानमा ४२ रुपियाँ २५ पैसा प्रति किलोको सहुलियतमा वितरण गरेको छ ।
अहिलेसम्म ३६५ जना किसानले अठार हजार ८०० किलो गहुँको बिउँ लगिसकेका छन् । बाकी रहेको एक हजार २०० किलो बीउ पनि धमाधम वितरण भइरहेको दाहालले जनाए । बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीले कृषि क्षेत्रको विकास र नगर क्षेत्रका किसानको सहयोग र सुविधाका लागि वीउ खरिद गर्न नगरपालिकाले ८ लाख ५० हजार निकासा दिएको जनाए । छिमेकी जिल्ला धनुषास्थित हरीयाली वीज भण्डारबाट खरिद गरिएका गहुँको बिउँ किसानको सुविधाका लागि किसान एग्रो ट्रेडर्स र नगरपालिकाको कृषि विकास शाखाले वितरण गरिरहेको छ ।
कृषि ज्ञान केन्द्र महोत्तरीकाअनुसार बर्दीबासमा नौ हजार ५६५ हेक्टर खेती योग्य जमिनमध्ये दुई हजार ३१५ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । गत वर्ष (०८०/८१) मा बर्दीबासमा सात हजार ८७१ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । बर्दीबास महोत्तरी जिल्लाकै सर्वाधिक गहु उत्पादन गर्ने स्थानीय तह पनि हो । ४३ प्रतिशतभन्दा बढी भूभागमा सिचाई सुविधा पुगको बर्दीबासमा गहुँको उत्पादन प्रति हेक्टर ३.४ मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: