Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सडक निर्माण तथा धुलो नियन्त्रणको माग गर्दै सप्तरीको राजविराज-रुपनी र कठौना-पातो सडकखण्ड अवरुद्ध

खबरडबली संवाददाता

सप्तरी। सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित राजविराज–रुपनी र कठौना–पातो सडकखण्डमा मंगलबार चक्काजाम गरिएको छ। सडक निर्माण तथा धुलो नियन्त्रणको माग गर्दै मध्यान्ह १२  बजेदेखि स्थानीयले सडक अवरुद्ध गरेको हो । 

सडकमा टायर बालेर तथा बाँस तेर्साएर सडक अवरुद्ध गरि स्थानीयले विरोध प्रदर्शन गरेपछि उक्त बाटो भएर चल्ने सवारी साधनहरु बाटोमै रोकिएको थियो । शान्तिपूर्ण रुपबाट सुनुवाइ नभएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेपछि यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । 

भत्काएर छोडिएको सडकमा धुलो उड्न नदिन ठेकेदारलाई पानीको व्यवस्था गर्न लगाउनु पर्ने, सडक निर्माणको कार्य तुरुन्तै सुरु गर्नुपर्नेसहितका माग राखी आन्दोलनमा उत्रिएको स्थानीय रामचन्द्र यादवले बताए। 

निर्माण कम्पनीले सडक भत्काएर छोडेपछि सवारीसाधन आवतजावत गर्दा धुलो उडेर घरभित्रै परेर समस्या भएपछि पानीको व्यवस्था गर्न माग राखी आन्दोलनमा उत्रिनु परेको स्थानीय सचिन साहले बताए। सडक अलपत्र छोड्दा प्रदुषण बढेर पर्यावरण बिग्रीएकोले धुलो नियन्त्रणका लागि ठेकेदारलाई पटकपटक भन्दा पनि सुनुवाइ नहुँदा संघर्षमा उत्रिएको स्थानीय युवा शैलेन्द्र यादवले बताए। 

ठेकेदार संजीव साहलाई आफूहरुको समस्याबारे ध्यानाकर्षण गराउँदा मोबाइल अफ गरेर बस्ने गरेको स्थानीय राज कुमार यादवले आरोप लगाए । 

स्थानीय प्रशासनले माग पूरा गर्न पहल गर्ने आश्वासन दिएपनि समस्या ज्यूकोत्यू रहेकोले फेरी सडक जाम गर्न बाध्य भएको उहाँले जानकारी दिए। 

स्थानीयले यसअघि पनि पानीको व्यवस्था र सडक निर्माणको माग राखी पटकपटक सडक अवरुद्ध गर्दै आएका छन् । यसै बिच जिल्लाको डाक्नेश्वी नगरपालिका ७ मझौरामा मंगलबार कठौना–पातो भित्री सडकखण्ड चक्काचाम गरिएको छ । सडक निर्माण कार्य अलपत्र हुँदा धुलो उडेर समस्यामा परेका आक्रोशित स्थानीयबासीले विहान ९ बजेदेखि सडक अवरुद्ध गरेको हो ।

स्थानीयले सडकमा बाँस तेर्साएर सडक अवरुद्ध गरेपछि उक्त मार्ग भएर चल्ने सवारी साधन बाटैमा रोकिएको छ । सडक अवरुद्ध हुँदा सयौंको संख्यामा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् । 

धुलो नियन्त्रणका लागि नगरपालिका र निर्माण कम्पनीसंग पटकपटक आग्रह गर्दा समेत सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीय बताउँछन । उहाँहरुले धुलो नियन्त्रण गरी सडक निर्माण कार्यलाई अगाडि नबढाएसम्म चक्काजाम जारी राख्ने चेतावनी दिएका छन् । 

पूर्व प्रदेश सभा सदस्य विदेश्वर कुमार यादवले धुलोका कारण जनजीवन प्रभावित हुँदा समेत सरोकारवाला निकाय गम्भीर नदेखिएको भन्दै आपत्ति व्यक्त गरेका छन् । उहाँले नगरप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य तथा स्थानीय प्रशासनिक समेत मौन रहेको सञ्चारकर्मीलाई बताए । 

‘पातो कठौना सडकखण्ड निर्माण अलपत्र परेपछि सडकबाट उड्ने धुलोले स्थानीयको स्वास्थ्यमा समस्या परेको डाकनेश्वरी नपा–७ मझोउरा गाउँबासीद्वारा सडक जाम गरी विरोध प्रदर्शनमा उत्रिएका छन् । स्थानीयहरुले ‘ठेकेदार, प्रशासन र जनप्रतिनिधिको अत्तोपत्तो नभएको बताउँदै सडकमा पानी पटाउनुपर्ने हो तर ठेकेदार कम्पनी निर्माण कार्य अलपत्र छाडेका छन । स्थानीयबासीहरुले समस्या समाधानमा गम्भीर हुन सम्बन्धि पक्षसंग जोडदार माग समेत गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

रास्वपा र उज्यालो नेपाल एकता वार्ता निष्कर्षविहीन, भागबन्डामै अड्कियो छलफल

रास्वपाले १५ प्रतिशतभन्दा बढी दिन नसक्ने अडान राखेपछि वार्ता निष्कर्षमा पुग्नन सकेन

रेणु यादव र प्रदीप यादवद्वारा जसपा परित्याग, उपेन्द्र यादवसँग एकता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन्। उनीहरूले लोकतान्त्रिक समाजवादी...

आयोगमा बयान दिन उपस्थित भए रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । सोमबार लेखक आयोगमा बय...

नख्खुबाट भागेका एक कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चि...

महारानीथान–छाप–डाडाखेत–ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति शुरु

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूल...

अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...

चिसो बढेपछि चन्द्रपुरका विद्यालय आजदेखि बन्द

रौतहट। रौतहटमा  चिसो अत्याधिक बढेपछि चन्द्रपुर  नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...

मोरङमा गाँजा तस्करी पक्राउ गर्न लगातार हवाई फायर, एम्बुलेन्सबाट ४८० किलो गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...

आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending