Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

अभावबीच उपलब्धि खोज्दै सगरमाथा मावि सिक्रेटार

खबरडबली संवाददाता

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालय सीमित जनशक्ति, न्यून स्रोत–साधन र भौतिक पूर्वाधारको अभावका बीच पनि ग्रामीण क्षेत्रका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ। विभिन्न चुनौतीका बाबजुद विद्यालयले शैक्षिक गुणस्तर सुधार र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आफ्नो यात्रा जारी राखेको छ।

विसं २०३१ मा स्थापना भएको विद्यालयले पाँच दशकभन्दा लामो समयदेखि स्थानीयस्तरमा शैक्षिक सेवा दिँदै आएको छ। हाल प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालन भइरहेको विद्यालयमा १२५ विद्यार्थी अध्ययनरत छन्।

विद्यालयमा प्राथमिक तहका लागि तीन स्थायी दरबन्दी स्वीकृत भए पनि हाल दुई जना मात्रै स्थायी शिक्षक कार्यरत छन्। रिक्त दरबन्दीको व्यवस्थापन करार शिक्षकमार्फत गरिएको विद्यालय प्रशासनले जनाएको छ।

प्रधानाध्यापक रामरिझन मण्डलका अनुसार विद्यालयमा हाल १५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। तीमध्ये दुई जना स्थायी, चार जना करार, तीन जना राहत, दुई जना निजी स्रोत तथा बाँकी सङ्घीय अनुदानअन्तर्गत कार्यरत छन्।

विद्यालयले सीमित स्रोतसाधनका बीच पनि शैक्षिक व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास गरिरहेको छ। प्रत्येक विद्यार्थीको भर्नादेखि कक्षाकोठामा हुने गतिविधिसम्मको अभिलेख राख्न छुट्टै रजिस्टरको व्यवस्था गरिएको छ। सोही आधारमा दैनिक, साप्ताहिक तथा मासिक प्रतिवेदन तयार गरी शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिने गरिएको प्रधानाध्यापक मण्डलले बताए।

आर्थिक अभावका बाबजुद विद्यालयले विगतमा उत्साहजनक शैक्षिक नतिजा हासिल गरेको छ। विद्यालयले २०७७ र २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा ल्याएको थियो। यस्तै, २०७८ मा ८८ प्रतिशत, २०७९ मा ९२ प्रतिशत र २०८० मा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

तर चालु शैक्षिक वर्षको एसईई परीक्षामा विद्यालयको नतिजा खस्किएको छ। यस वर्ष १२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। विद्यालय प्रशासनले यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ। कमजोर समग्र नतिजाका बीच पनि पालिकास्तरीय उत्कृष्ट छात्रा यही विद्यालयबाट छनोट भएको प्रधानाध्यापक मण्डलले जानकारी दिए।

“धेरै चुनौतीबीच विद्यालय सञ्चालन गरिरहेका छौँ,” उनले भने, “जनशक्ति, भौतिक पूर्वाधार र आर्थिक स्रोतको अभाव अहिलेका मुख्य समस्या हुन्।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले पर्याप्त दरबन्दी र पूर्वाधार अभावका कारण विद्यालय सञ्चालन चुनौतीपूर्ण बनेको बताए। “हामीसँग आवश्यक स्रोतसाधन छैनन्, तर स्थानीय बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले विद्यालय सञ्चालन गरिरहेका छौँ,” उनले भने।

उनका अनुसार विद्यालय सञ्चालन खर्च तथा ऋण व्यवस्थापनका लागि देउसी–भैलो लगायतका कार्यक्रम सञ्चालन गरेर रकम सङ्कलन गर्नुपर्ने अवस्था छ।

विद्यार्थी सङ्ख्या बढ्दै गए पनि कक्षाकोठा अभावले पठनपाठन प्रभावित भइरहेको छ। एउटै कोठामा विज्ञान प्रयोगशाला र कक्षा सञ्चालन गर्नुपर्ने बाध्यताले प्रयोगात्मक शिक्षामा समेत असर पुगेको विद्यालयले जनाएको छ।

स्थानीयवासी टेकबहादुर बस्नेतले ग्रामीण क्षेत्रमा शिक्षा पहुँच विस्तार गर्न विद्यालयले महत्त्वपूर्ण भूमिका खेलेको बताए। “यदि यहाँ माध्यमिक विद्यालय सञ्चालन नभएको भए सयौँ विद्यार्थीको भविष्य अन्योलमा पर्थ्यो,” उनले भने।

विद्यालयले सीमित स्रोतसाधनका बीच पनि शैक्षिक गुणस्तर सुधारका प्रयासलाई निरन्तरता दिइरहेको भन्दै स्थानीयले दरबन्दी थप, आर्थिक सहयोग तथा पूर्वाधार विकासमा राज्यको ध्यानाकर्षण गराएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा

मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ । विद्युतीय...

कालीमाटीको नयाँ सूची: कुन तरकारी सस्तो, कुन महँगो?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending