तनहुँ । भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको हो ।
कार्यक्रमअन्तर्गत १४ थान मिनी टिलर, १० थान कम्बाइन्ड मिल, चार थान ‘स्प्रे मेसिन’ तथा चार थान घाँस काट्ने उपकरण वितरण गरिएको वडाध्यक्ष मीन गुरुङले जानकारी दिए । कृषि कार्यमा प्रयोग हुने यस्ता उपकरणले किसानको श्रम, समय र लागत बचत गर्न सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।
हाल कृषि क्षेत्रमा जनशक्तिको अभाव, उत्पादन लागतमा भएको वृद्धि तथा परम्परागत कृषि प्रणालीका कारण धेरै किसान कृषि पेसाबाट निरुत्साहित हुने अवस्था देखिएको छ । यस्ता चुनौतीलाई मध्यनजर गर्दै कृषिलाई प्रविधिमैत्री, उत्पादनमुखी र व्यावसायिक बनाउन वडा कार्यालयले अनुदान कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष गुरुङले बताए । उनले भने, “किसानले आधुनिक उपकरणको प्रयोगमार्फत कम समयमा बढी काम गर्न सक्ने, उत्पादन लागत घटाउन सक्ने र उत्पादन वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ ।”
वडाध्यक्ष गुरुङका अनुसार किसानलाई आधुनिक कृषि उपकरणसँग जोड्नु आजको आवश्यकता भएकाले प्रविधिमैत्री बनाउन पहल थालिएको हो । “परम्परागत तरिकाले खेती गर्दा लागत बढ्ने र श्रम बढी लाग्ने भएकाले किसान निरुत्साहित हुँदै गएका छन् । यस अवस्थालाई परिवर्तन गर्न तथा कृषिलाई सहज, सरल र उत्पादनमुखी बनाउन वडा कार्यालयले ५० प्रतिशत अनुदानमा मेसिनरी वितरण गरेको हो”, उनले भने ।
वडाध्यक्ष गुरुङले वितरण गरिएका उपकरणको सही सदुपयोग गर्न किसानलाई आग्रह गर्दै कृषि उत्पादन वृद्धि, आयआर्जनमा सुधार हुनुका साथै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए । उपकरण प्राप्त गरेका किसानले वडा कार्यालयको पहलप्रति उत्साहित भएका छन् । किसानले आधुनिक उपकरणको प्रयोगले खेतीपाती गर्न सहज हुनुका साथै लागत कम हुने र उत्पादन बढ्ने विश्वास व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...
जेष्ठ २३ गते, २०८३ - ०८:०१
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...
जेष्ठ २३ गते, २०८३ - ०७:५६
मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ । विद्युतीय...
जेष्ठ २३ गते, २०८३ - ०७:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली...



प्रतिकृया लेख्नुहोस्: