पाँचथर । सडक पुल निर्माण नहुँदासम्म नदी तथा खोलामा बनाइने अस्थायी डाइभर्सन वर्षायाममा बारम्बार बाढीले बगाउँदा पाँचथरका विभिन्न सडकखण्डमा यात्रुले सास्ती खेप्नुपरेको छ। विशेषगरी तमोर कोरिडोर र मध्यपहाडी राजमार्गअन्तर्गतका खोलाहरूमा यो समस्या दोहोरिने गरेको छ।
पूर्वी पहाडलाई तराईसँग छोटो दूरीमा जोड्ने तमोर कोरिडोर सडकमा आठवटा खोलामाथि पुल निर्माणको काम भइरहेको छ। तर पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा रहेको हेँवा खोला तथा पाँचथर–धनकुटा सीमास्थित नावा खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले पटकपटक बगाउँदै आएको छ।
विशेषगरी नावा खोलामा सामान्यभन्दा केही ठूलो वर्षा हुनासाथ सवारी आवागमन प्रभावित हुने गरेको छ। दुईपाङ्ग्रे सवारीसाधन झोलुङ्गे पुलमार्फत वारपार गराइन्छ भने अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाटै गुड्न बाध्य छन्।
तुम्बेवा गाउँपालिका–२ लखुवाका राजकुमार देवानका अनुसार पानीको बहाव अचानक बढ्दा दुर्घटनाको जोखिम उच्च रहने गरेको छ। “डाइभर्सन बनाइए पनि कहिले बाढीले बगाउँछ भन्ने निश्चित हुँदैन,” उनले भने।
तमोर कोरिडोर सडक हुँदै ताप्लेजुङ, तेह्रथुम र पाँचथरका सयौं सवारीसाधन दैनिक सञ्चालन हुने गरेका छन्। यद्यपि नावा लगायतका खोलामा पुल निर्माणको काम भने अघि बढिरहेको छ।
यता, हेँवा खोलाको माझीटार क्षेत्रमा पनि बाढीले बारम्बार डाइभर्सन बगाउने गरेको छ। स्थानीयका अनुसार खोलाको जलाधार क्षेत्र ठूलो भएकाले वर्षा भइरहँदा निरन्तर बाढी आउने समस्या छ। हिलिहाङ–७ माझीटारका रामकुमार माझीले यस वर्ष चैत महिनादेखि नै बाढीका कारण यातायात अवरुद्ध हुन थालेको बताए।
डाइभर्सन नहुँदा ताप्लेजुङ तथा उत्तरी पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाबाट तराईतर्फ जाने सवारीसाधनले मेची राजमार्ग हुँदै फिदिम–शिवादोभानको लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ।
हिलिहाङ–५ का वीरेन्द्र मंग्रातीका अनुसार तमोर कोरिडोर सडक आयोजना र निर्माण कम्पनीले डाइभर्सन मर्मत तथा दीर्घकालीन व्यवस्थापनमा पर्याप्त चासो नदिँदा समस्या झन् जटिल बनेको छ। “एक पटक बाढीले बगाएपछि लामो समयसम्म मर्मत नहुँदा छोटो दूरीको सडक उपयोग गर्नै नसकिने अवस्था छ,” उनले भने।
यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पनि बाढीले पटकपटक बगाउँदै आएको छ। तीन वर्षअघि बाढीले सडक पुल बगाएपछि डाइभर्सनमार्फत सवारी सञ्चालन गरिँदै आएको थियो। तर गत जेठ ८ गते आएको बाढीले पुनः डाइभर्सन बगाएको थियो।
याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार पानीको बहाव घटेपछि तत्कालै डाइभर्सन निर्माण गरिने भए पनि बाढीले फेरि क्षति पुर्याउने गरेको छ। “खोलाभन्दा माथि ठूलो बस्ती भएकाले सडक खुलाउन तत्काल डाइभर्सन बनाउनुको विकल्प छैन,” उनले भने।
स्थानीयवासीहरू निर्माणाधीन पुल कहिले सम्पन्न हुन्छ भन्ने चिन्तामा छन्। याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले वर्षायाम सुरु हुनुअघि नै बाढीपहिरोको जोखिम बढेकाले स्थानीय थप चिन्तित बनेको बताए।
यसैबीच, बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डाइभर्सन नहुँदा अवरुद्ध भएका सडक नियमित सञ्चालनमा ल्याउन पहल गर्ने निर्णय गरेको छ। समितिले सम्बन्धित स्थानीय तह, आयोजना कार्यालय तथा निर्माण व्यवसायीलाई आवश्यक समन्वय गरी सडक सञ्चालन सहज बनाउन आग्रह गर्ने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...
जेष्ठ २३ गते, २०८३ - ०८:०१
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...
जेष्ठ २३ गते, २०८३ - ०७:५६
मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ । विद्युतीय...
जेष्ठ २३ गते, २०८३ - ०७:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली...



प्रतिकृया लेख्नुहोस्: