Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सत्तरुढ दल एमालेले तीन महिने वडा अभियान चलाउने

खबरडबली संवाददाता

काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेले माघदेखि तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । दुई दिन चलेको एमालेको केन्द्रीय कार्यशालाले माघदेखि तीन महिनेसम्म वडा केन्द्रीत अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । 

केन्द्रीय संगठन विभागको आयोजनामा आइतबार सम्पन्न ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालाले आगामी माघदेखि चैतसम्म निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि वडा केन्द्रित अभियान सञ्चालन गर्ने घोषणा प्रस्ताव पारित गरेको हो । 

यस्तै, कार्यशालाले आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ संचालन गर्ने प्रस्ताव पनि पारित गरेको केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुंगेलले बताए । 

आगामी फागुन चैतभित्रै सदस्यता नवीकरण सम्पन्न गर्ने, यस वर्षभित्रै सबै पार्टी सदस्यलाई अनलाइनमा ल्याउने प्रस्ताव पनि कार्यशालाले पास गरेको छ । पार्टी र नेतृत्वका विरुद्धका षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी, नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प प्रस्ताव पनि कार्यशालाले पास गरेको छ ।

संकल्प प्रस्तावमा माग फागुन, चैत तीनै महिना पार्टी नेतृत्व ७५३ स्थानीय तहमा पुग्ने रहेको एमाले नेता विशाल भट्टराईले जानकारी दिए । एमालेको देशभरको ‘क्रिम फोर्स’भेला भएर स्थानीयस्तरमा पार्टी निर्माणमा युद्धस्तरमा गतिशील बन्ने सङ्कल्प गरिएको उनले बताए । कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेलले महत्त्वपूर्ण मार्गदर्शन गरेको उनले बताए । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेको र १० वटा समूहको तर्फबाट छलफलको निष्कर्ष प्रस्तुत गरिएको उनको भनाइ छ ।

नेता भट्टराईले देश, जनता र पार्टीको पक्षमा पर्‍यो भने आफूलाई निर्मम रूपान्तरण गर्न तयार हुनुपर्छ भन्ने सामूहिक सङ्कल्प गरिएको जानकारी दिए । यस्तै चैतसम्ममा देशका ६७४३ वडामा पार्टीको तोकिएको नेतृत्व पुग्ने निर्णय भएको उनको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending