Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सत्तरुढ दल एमालेले तीन महिने वडा अभियान चलाउने

खबरडबली संवाददाता

काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेले माघदेखि तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । दुई दिन चलेको एमालेको केन्द्रीय कार्यशालाले माघदेखि तीन महिनेसम्म वडा केन्द्रीत अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । 

केन्द्रीय संगठन विभागको आयोजनामा आइतबार सम्पन्न ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालाले आगामी माघदेखि चैतसम्म निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि वडा केन्द्रित अभियान सञ्चालन गर्ने घोषणा प्रस्ताव पारित गरेको हो । 

यस्तै, कार्यशालाले आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ संचालन गर्ने प्रस्ताव पनि पारित गरेको केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुंगेलले बताए । 

आगामी फागुन चैतभित्रै सदस्यता नवीकरण सम्पन्न गर्ने, यस वर्षभित्रै सबै पार्टी सदस्यलाई अनलाइनमा ल्याउने प्रस्ताव पनि कार्यशालाले पास गरेको छ । पार्टी र नेतृत्वका विरुद्धका षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी, नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प प्रस्ताव पनि कार्यशालाले पास गरेको छ ।

संकल्प प्रस्तावमा माग फागुन, चैत तीनै महिना पार्टी नेतृत्व ७५३ स्थानीय तहमा पुग्ने रहेको एमाले नेता विशाल भट्टराईले जानकारी दिए । एमालेको देशभरको ‘क्रिम फोर्स’भेला भएर स्थानीयस्तरमा पार्टी निर्माणमा युद्धस्तरमा गतिशील बन्ने सङ्कल्प गरिएको उनले बताए । कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेलले महत्त्वपूर्ण मार्गदर्शन गरेको उनले बताए । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेको र १० वटा समूहको तर्फबाट छलफलको निष्कर्ष प्रस्तुत गरिएको उनको भनाइ छ ।

नेता भट्टराईले देश, जनता र पार्टीको पक्षमा पर्‍यो भने आफूलाई निर्मम रूपान्तरण गर्न तयार हुनुपर्छ भन्ने सामूहिक सङ्कल्प गरिएको जानकारी दिए । यस्तै चैतसम्ममा देशका ६७४३ वडामा पार्टीको तोकिएको नेतृत्व पुग्ने निर्णय भएको उनको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: