Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता

खबरडबली संवाददाता

भैरहवा  ।  रुपन्देही लीलारामा मावि र न्यु इरा इङ्गलिस बोर्डिङ स्कूल भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा विजयी भएका छन् । बिहीबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा लीलारामले भैरहवा नमूना माविलाई ५ विकेट र न्यु इराले काशी नोबल एकेडेमीलाई ७ विकेटले पराजित गर्दै जित हात पारेका हुन् ।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको भैरहवा नमूनाले मौसमका कारण १७ ओभरमा झारिएको खेलमा १२ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ६४ रनको झिनो योगफल बनायो । उसका लागि मान्तब आलमले १४, इरफान अली मुसलमानले १३ र सन्तोष हरिजनले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम झिनो योगफलमै रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा लीलारामका फैजन अहमद मुसलमानले ४, मोहम्मद अयुबले ३ तथा लक्की यादव र सुगम पोखरेलले १–१ विकेट हात पारे ।

प्रतिउत्तरमा लीलारामले ९ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा ६७ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा मोहम्मद निसिम मियाँले सर्वाधिक १७ रन जोडे । बलिङमा भैरहवा नमूनाका सहिन खान र मेहताब आलमले २–२ र इरफान अली मुसलमानले १ विकेट लिए । खेलमा फैजन अहमद मुसलमान प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको काशी नोबलले निर्धारित २० ओभरमा १९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर ६५ रनमै समेटियो । उसका लागि अविश अधिकारीले २३ र आर्यन भण्डारीले अविजित १४ रन जोडे । बलिङमा न्यु इराका नितिक बानियाँले ४, सुरज गुप्ताले २ तथा सन्देश कार्की र कासिफ कमारले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यु इराले ९ ओभर २ बलमा ३ विकेटको क्षतिमा ६६ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा नितिक बानियाँले २१ तथा तेन्डुप लामा र अमनकुमार चौधरीले समान १३ रन जोडे । बलिङमा काशी नोबलका आदित्य शर्माले २ विकेट लिए । न्यु इराका नितिक बानियाँ प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending