Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

किन हुन्छ मान्छेलाई रिससँगै डर र तनाव महसुस ?

खबरडबली संवाददाता

 काठमाडौं । आज भोलिको व्यस्त जीवन शैलीमा प्राय मानिसहरु तनाव र समस्याहरूले घेरिएका हुन्छन् । जसले उनीहरुको मानसिक स्वास्थ्यमा निकै नराम्रो प्रभाव पार्ने गर्छ । यस्ता धेरै व्यक्तिहरु छन् जो मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूसँग संघर्ष गरिरहेका छन् ।

जसको प्रभाव उनीहरूको दैनिक व्यवहार र कार्य उत्पादकतामा पनि देखिने गर्छन् । यस्तै एउटा मानसिक स्वास्थ्य समस्या छ जसले मानिसहरु धेरै रिसाउने र डराउने गर्छन् । जसलाई हामी न्युरोसीस भन्ने गछौँ । यो एक प्रकारको मानसिक विकार हो ।

यो मानसिक रोगबाट पीडित व्यक्तिले निराश, चिन्तित, तर्कहीन र एक्लोपन महसुस गर्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार न्युरोसीस एक प्रकारको एन्जाइटी डिसअर्डर हो, जसमा मानिसलाई चिन्तित, ओसीडी, डर र एक्लोपन महसुस हुन्छ । आज हामी तपाईहरुलाई न्युरोसीसका लक्षणहरु र यसबाट बच्ने उपायका बारेमा जानकारी गराउने छौँ ।

यसका लक्षणहरु

-क्रोध र तनावको शिकार
-व्यवहारमा चिडचिडा पन हुनु
-जुन बेला पनि रिस उठ्ने हुनु
-भावना र विचारमा नकारात्मकता बढ्नु
-अज्ञात डर महसुस गर्ने र अनिद्राको सामना गर्ने
-टाउको दुख्ने , कमजोरी र भोकको कमी

यसबाट बच्ने उपायहरु

चिन्ताको कारण जान्न प्रयास गर्ने

कुनै पनि समस्याको समाधान खोज्नका लागि त्यसको कारण पत्ता लगाउन निकै आवश्यक हुन्छ । यसले समस्याको उपायहरु खोज्न मद्दत गर्छ । यस बाहेक परिवारका सदस्यहरुको परामर्शबाट समस्या समाधान गर्न पनि सकिन्छ ।

आफ्नो शारीरिक र मानसिक क्षमताअनुसार लक्ष्य सेट गर्ने
हरेक व्यक्तिको जीवनमा केहीन केही लक्ष्य रहेको हुन्छ । जसलाई हामीले आफ्नो क्षमताअनुसार प्राप्त गर्ने प्रयास गर्नुपर्छ । धेरै पटक हामी आफ्नो लक्ष्य हासिल गर्न नसक्दा तनावको सिकार हुन्छौँ । त्यसैले आफ्नो शारीरिक र मानसिक क्षमता थाहा पाएर मात्र आफ्नो लक्ष्यको निधारण गर्ने गर्नुपर्छ ।

आफ्नो भावनालाई व्यक्त गर्ने
धेरै मानिसहरूमा आफ्नो भावनालाई व्यक्त गर्न सक्दैनन् र भावनाहरु दबाउने गर्ने गर्छन् । त्यसले चिन्ता बढ्न थाल्छ । जसका कारण हामी चिन्तित रहन्छौँ । यस्तो अवस्थामा समस्या बुझेर त्यसको समाधान खोज्नुपर्छ । त्यसैले आफ्नो भावनाहरु आफ्नो नजिकको व्यक्तिहरूसँग व्यक्त गर्ने गर्नुपर्छ । यसले मनलाई शान्ति दिने र दिमागलाई शान्त बनाउन मद्दत गर्छ ।

सामाजिक सर्कल बढाउने
एक्लोपनले तनाव निम्त्याउन थाल्छ । यस्तो अवस्थामा एक्लोपन छोडेर अन्य व्यक्तिसँग बसेर कुरा गर्ने र तर्कसंगत बन्ने प्रयास गर्नुपर्छ । यसबाट व्यक्ति आफ्नो समस्याबाट बाहिर आउँछ र सकारात्कतातर्फ अघि बढ्न थाल्छ । यसको साथै उनीहरुको व्यवहारमा पनि परिवर्तन देखिन थाल्छ । सामाजिक घेरा बढ्दै जाँदा समस्याहरुलाई हेर्ने र समाधान गर्ने दृष्टिकोण पनि परिवर्तन हुन्छ ।

निन्द्रा पुरा गर्ने
शरीरसँगै हामीले हाम्रो मनलाई पनि आराम दिनु निकै आवश्यक हुन्छ । त्यसैले राति ८ देखि १० घण्टा सुत्नु जरुरी छ । जसले गर्दा शरीरमा ह्याप्पी हर्मोन निस्कन थाल्छ र न्युरोसीसबाट छुट्कारा प्राप्त गर्न मद्दत मिल्छ ।

आफ्नो लागि समय निकाल्ने
प्रत्येक दिन आफ्नो लागि केही समय निकाल्ने । त्यस समयमा आफ्नो रुचि अनुसार काम गर्ने र त्यो समयको आनन्द लिने । यसले मानसिक थकान कम गर्छ र मस्तिष्कलाई सक्रिय राख्छ । त्यस समयमा आफूलाई मन लाग्ने कुराहरु गर्ने जस्तो पढ्ने, लेख्ने, खाना पकाउने आदी ।

योग र ध्यान गर्ने
एकाग्रता बढाउन र फोबियाबाट मुक्ति प्राप्तिको लागि ध्यानको साथ दिनको सुरुवात गर्ने गर्नुपर्छ । यसबाट व्यक्तिको मनमा एकाग्रता बढ्छ र अनावश्यक चिन्ताबाट मुक्ति मिल्छ । यस बाहेक केही समय हिँड्ने र व्यायाम गर्दा पनि मांसपेशी बलियो बनाउँछ र स्मरण शक्ति बढ्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending