Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

किन हुन्छ मान्छेलाई रिससँगै डर र तनाव महसुस ?

खबरडबली संवाददाता

 काठमाडौं । आज भोलिको व्यस्त जीवन शैलीमा प्राय मानिसहरु तनाव र समस्याहरूले घेरिएका हुन्छन् । जसले उनीहरुको मानसिक स्वास्थ्यमा निकै नराम्रो प्रभाव पार्ने गर्छ । यस्ता धेरै व्यक्तिहरु छन् जो मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूसँग संघर्ष गरिरहेका छन् ।

जसको प्रभाव उनीहरूको दैनिक व्यवहार र कार्य उत्पादकतामा पनि देखिने गर्छन् । यस्तै एउटा मानसिक स्वास्थ्य समस्या छ जसले मानिसहरु धेरै रिसाउने र डराउने गर्छन् । जसलाई हामी न्युरोसीस भन्ने गछौँ । यो एक प्रकारको मानसिक विकार हो ।

यो मानसिक रोगबाट पीडित व्यक्तिले निराश, चिन्तित, तर्कहीन र एक्लोपन महसुस गर्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार न्युरोसीस एक प्रकारको एन्जाइटी डिसअर्डर हो, जसमा मानिसलाई चिन्तित, ओसीडी, डर र एक्लोपन महसुस हुन्छ । आज हामी तपाईहरुलाई न्युरोसीसका लक्षणहरु र यसबाट बच्ने उपायका बारेमा जानकारी गराउने छौँ ।

यसका लक्षणहरु

-क्रोध र तनावको शिकार
-व्यवहारमा चिडचिडा पन हुनु
-जुन बेला पनि रिस उठ्ने हुनु
-भावना र विचारमा नकारात्मकता बढ्नु
-अज्ञात डर महसुस गर्ने र अनिद्राको सामना गर्ने
-टाउको दुख्ने , कमजोरी र भोकको कमी

यसबाट बच्ने उपायहरु

चिन्ताको कारण जान्न प्रयास गर्ने

कुनै पनि समस्याको समाधान खोज्नका लागि त्यसको कारण पत्ता लगाउन निकै आवश्यक हुन्छ । यसले समस्याको उपायहरु खोज्न मद्दत गर्छ । यस बाहेक परिवारका सदस्यहरुको परामर्शबाट समस्या समाधान गर्न पनि सकिन्छ ।

आफ्नो शारीरिक र मानसिक क्षमताअनुसार लक्ष्य सेट गर्ने
हरेक व्यक्तिको जीवनमा केहीन केही लक्ष्य रहेको हुन्छ । जसलाई हामीले आफ्नो क्षमताअनुसार प्राप्त गर्ने प्रयास गर्नुपर्छ । धेरै पटक हामी आफ्नो लक्ष्य हासिल गर्न नसक्दा तनावको सिकार हुन्छौँ । त्यसैले आफ्नो शारीरिक र मानसिक क्षमता थाहा पाएर मात्र आफ्नो लक्ष्यको निधारण गर्ने गर्नुपर्छ ।

आफ्नो भावनालाई व्यक्त गर्ने
धेरै मानिसहरूमा आफ्नो भावनालाई व्यक्त गर्न सक्दैनन् र भावनाहरु दबाउने गर्ने गर्छन् । त्यसले चिन्ता बढ्न थाल्छ । जसका कारण हामी चिन्तित रहन्छौँ । यस्तो अवस्थामा समस्या बुझेर त्यसको समाधान खोज्नुपर्छ । त्यसैले आफ्नो भावनाहरु आफ्नो नजिकको व्यक्तिहरूसँग व्यक्त गर्ने गर्नुपर्छ । यसले मनलाई शान्ति दिने र दिमागलाई शान्त बनाउन मद्दत गर्छ ।

सामाजिक सर्कल बढाउने
एक्लोपनले तनाव निम्त्याउन थाल्छ । यस्तो अवस्थामा एक्लोपन छोडेर अन्य व्यक्तिसँग बसेर कुरा गर्ने र तर्कसंगत बन्ने प्रयास गर्नुपर्छ । यसबाट व्यक्ति आफ्नो समस्याबाट बाहिर आउँछ र सकारात्कतातर्फ अघि बढ्न थाल्छ । यसको साथै उनीहरुको व्यवहारमा पनि परिवर्तन देखिन थाल्छ । सामाजिक घेरा बढ्दै जाँदा समस्याहरुलाई हेर्ने र समाधान गर्ने दृष्टिकोण पनि परिवर्तन हुन्छ ।

निन्द्रा पुरा गर्ने
शरीरसँगै हामीले हाम्रो मनलाई पनि आराम दिनु निकै आवश्यक हुन्छ । त्यसैले राति ८ देखि १० घण्टा सुत्नु जरुरी छ । जसले गर्दा शरीरमा ह्याप्पी हर्मोन निस्कन थाल्छ र न्युरोसीसबाट छुट्कारा प्राप्त गर्न मद्दत मिल्छ ।

आफ्नो लागि समय निकाल्ने
प्रत्येक दिन आफ्नो लागि केही समय निकाल्ने । त्यस समयमा आफ्नो रुचि अनुसार काम गर्ने र त्यो समयको आनन्द लिने । यसले मानसिक थकान कम गर्छ र मस्तिष्कलाई सक्रिय राख्छ । त्यस समयमा आफूलाई मन लाग्ने कुराहरु गर्ने जस्तो पढ्ने, लेख्ने, खाना पकाउने आदी ।

योग र ध्यान गर्ने
एकाग्रता बढाउन र फोबियाबाट मुक्ति प्राप्तिको लागि ध्यानको साथ दिनको सुरुवात गर्ने गर्नुपर्छ । यसबाट व्यक्तिको मनमा एकाग्रता बढ्छ र अनावश्यक चिन्ताबाट मुक्ति मिल्छ । यस बाहेक केही समय हिँड्ने र व्यायाम गर्दा पनि मांसपेशी बलियो बनाउँछ र स्मरण शक्ति बढ्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending