Ntc summer Offer
Khabar Dabali ११ माघ २०८१ शुक्रबार | 24th January, 2025 Fri
Investment bank

काठमाडाैंमा ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा

खबरडबली संवाददाता

काठमाडाैं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रुप परिवर्तन गरी शहरी क्षेत्रमा ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्कासमेत निकाल्ने खालका मोटरसाइकलहरूलाई आज नियन्त्रणमा लिएको हो । 

ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय र वातावरण विभागको समन्वयमा चेकजाँच गर्दा उक्त सवारीसाधन फेला पारेको हो । ट्राफिक प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार नियन्त्रणमा लिएकामध्ये १६ बुलेट, १३ क्रस फायर, सात आर–१५, ६ वटा केटिएम डुक, दुईवटा वेनिली मोटरसाइकल रहेका छन् । 

साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सरबाट आगोको झिल्का निकाल्ने, डीभी किलर झिकेर ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गरी ती मोटरसाइकलधनीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुंगल पठाइएको प्रहरी उपरीक्षक राउतले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...

प्रतिकूल मौसमका कारण तराईका तीन विमानस्थलमा उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा आर्थिक संकट: उपसभापति गुरुङ

काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...

जिपको ढोकाबाट खसेर दुई जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...

छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...

कैलालीमा लागूऔषधसहति एक जना पक्राउ

कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...

नक्कली भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँ भन्दा धेरै ठगी गर्ने युवक पक्राउ

काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...

समानुपातिक समावेशीताको कार्यान्वयन गर्न माग

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ  वार्षिकोत...

विश्वकपमा उपविजेता बनेकाे नेपाली खो खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान

काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy