Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भारतीय उच्च कूटनीतिज्ञ बङ्गलादेशमा

खबरडबली संवाददाता

ढाका । विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबिचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ सोमबार बङ्गलादेश पुगेका छन् ।

पूर्व प्रधानमन्त्री हसिना प्रशासनलाई भारतले कडा समर्थन गरेको थियो । बङ्गलादेशमा विद्यार्थीले सरकारी जागिरको कोटा प्रणालीमा गरिएको अनियमिततालाई देखाउँदै सुरु गरेको आन्दोलनले उचाइ लिँदा ७७ वर्षीया हसिना आफ्ना परिवारका केही सदस्यसहित हेलिकप्टरबाट नयाँ दिल्लीमा पुगेकी थिइन् । बङ्गलादेशले उनको सुपुर्दगीको माग गर्ने घोषणा गरेको छ । 

नोबेल पुरस्कार विजेता तथा प्रजातान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने जिम्मा पाएको अन्तरिम सरकारका नेता मुहम्मद युनुसको नेतृत्वको प्रशासनसँग भारतीय कूटनीतिज्ञले औपचारिक छलफलका लागि ढाका पुगेको यो पहिलो अवसर हो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्र हसिनाको बहिर्गमनपछि दुवै देशका उच्च अधिकारीबिच पहिलो पटक व्यक्तिगत बैठकका लागि सोमबार बङ्गलादेशको राजधानी ढाका पुगेका छन् । 

“दुई देशबिचको सम्बन्धमा गुणात्मक परिवर्तन आएको छ भन्ने कुरालाई स्विकार्नु आवश्यक छ,” बङ्गलादेशका विदेशमन्त्री तौहिद हुसेनले मिश्रको भ्रमणअघि आइतबार भने । वास्तविकतालाई स्वीकार गर्दै सम्बन्धलाई अगाडि बढाउनुपर्छ, उनले भने । मिश्रले ढाकामा रहँदा तौहिद र युनुससँग भेटघाट गर्ने कार्यक्रम थियो । 

भारतले मुस्लिम बहुल बङ्गलादेशको हसिनापछिको आफ्नो अल्पसङ्ख्यक हिन्दु समुदायलाई सरकारले प्रतिशोधपूर्ण आक्रमणबाट पर्याप्त संरक्षण गर्न नसकेको आरोप लगाउँदै आएको छ । गत महिना राजद्रोहको आरोपमा बङ्गलादेशमा एक प्रमुख हिन्दु धार्मिक व्यक्तिको गिरफ्तारीले तनावलाई अझ बढाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र यसका समर्थकहरूले आफ्नो सरकारलाई ढाकाको बारेमा थप कठोर अडान लिन आग्रह गरेका छन् । युनुसको प्रशासनले हिन्दुहरूमाथि भएको आक्रमणलाई बारम्बार स्वीकारेको छ र निन्दा गरेको छ । कतिपय घटनाहरूमा उनीहरू धर्मभन्दा राजनीतिबाट प्रेरित भएको युनुस प्रशासनको बुझाइ छ । 

युनुसले भारतले हिंसाको मात्रालाई अतिरञ्जित गरेको र आफ्नो सरकारविरुद्ध ‘प्रोपोगान्डा अभियान’ चलाएको आरोप लगाए । हसिनाको पलायनपछि बङ्गलादेशमा भारतविरोधी थुप्रै सडक प्रदर्शन भएका छन् । आइतबार विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सयौँ कार्यकर्ताले ढाकास्थित भारतीय उच्चायोग (दूतावास)सम्म मार्च निकालेका थिए तर प्रहरीले बाटो रोकेपछि शान्तिपूर्णरुपमा तितरबितर भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: