Ntc summer Offer
Khabar Dabali ११ माघ २०८१ शुक्रबार | 24th January, 2025 Fri
Investment bank

भारतीय उच्च कूटनीतिज्ञ बङ्गलादेशमा

खबरडबली संवाददाता

ढाका । विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबिचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ सोमबार बङ्गलादेश पुगेका छन् ।

पूर्व प्रधानमन्त्री हसिना प्रशासनलाई भारतले कडा समर्थन गरेको थियो । बङ्गलादेशमा विद्यार्थीले सरकारी जागिरको कोटा प्रणालीमा गरिएको अनियमिततालाई देखाउँदै सुरु गरेको आन्दोलनले उचाइ लिँदा ७७ वर्षीया हसिना आफ्ना परिवारका केही सदस्यसहित हेलिकप्टरबाट नयाँ दिल्लीमा पुगेकी थिइन् । बङ्गलादेशले उनको सुपुर्दगीको माग गर्ने घोषणा गरेको छ । 

नोबेल पुरस्कार विजेता तथा प्रजातान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने जिम्मा पाएको अन्तरिम सरकारका नेता मुहम्मद युनुसको नेतृत्वको प्रशासनसँग भारतीय कूटनीतिज्ञले औपचारिक छलफलका लागि ढाका पुगेको यो पहिलो अवसर हो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्र हसिनाको बहिर्गमनपछि दुवै देशका उच्च अधिकारीबिच पहिलो पटक व्यक्तिगत बैठकका लागि सोमबार बङ्गलादेशको राजधानी ढाका पुगेका छन् । 

“दुई देशबिचको सम्बन्धमा गुणात्मक परिवर्तन आएको छ भन्ने कुरालाई स्विकार्नु आवश्यक छ,” बङ्गलादेशका विदेशमन्त्री तौहिद हुसेनले मिश्रको भ्रमणअघि आइतबार भने । वास्तविकतालाई स्वीकार गर्दै सम्बन्धलाई अगाडि बढाउनुपर्छ, उनले भने । मिश्रले ढाकामा रहँदा तौहिद र युनुससँग भेटघाट गर्ने कार्यक्रम थियो । 

भारतले मुस्लिम बहुल बङ्गलादेशको हसिनापछिको आफ्नो अल्पसङ्ख्यक हिन्दु समुदायलाई सरकारले प्रतिशोधपूर्ण आक्रमणबाट पर्याप्त संरक्षण गर्न नसकेको आरोप लगाउँदै आएको छ । गत महिना राजद्रोहको आरोपमा बङ्गलादेशमा एक प्रमुख हिन्दु धार्मिक व्यक्तिको गिरफ्तारीले तनावलाई अझ बढाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र यसका समर्थकहरूले आफ्नो सरकारलाई ढाकाको बारेमा थप कठोर अडान लिन आग्रह गरेका छन् । युनुसको प्रशासनले हिन्दुहरूमाथि भएको आक्रमणलाई बारम्बार स्वीकारेको छ र निन्दा गरेको छ । कतिपय घटनाहरूमा उनीहरू धर्मभन्दा राजनीतिबाट प्रेरित भएको युनुस प्रशासनको बुझाइ छ । 

युनुसले भारतले हिंसाको मात्रालाई अतिरञ्जित गरेको र आफ्नो सरकारविरुद्ध ‘प्रोपोगान्डा अभियान’ चलाएको आरोप लगाए । हसिनाको पलायनपछि बङ्गलादेशमा भारतविरोधी थुप्रै सडक प्रदर्शन भएका छन् । आइतबार विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सयौँ कार्यकर्ताले ढाकास्थित भारतीय उच्चायोग (दूतावास)सम्म मार्च निकालेका थिए तर प्रहरीले बाटो रोकेपछि शान्तिपूर्णरुपमा तितरबितर भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...

प्रतिकूल मौसमका कारण तराईका तीन विमानस्थलमा उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा आर्थिक संकट: उपसभापति गुरुङ

काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...

जिपको ढोकाबाट खसेर दुई जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...

छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...

कैलालीमा लागूऔषधसहति एक जना पक्राउ

कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...

नक्कली भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँ भन्दा धेरै ठगी गर्ने युवक पक्राउ

काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...

समानुपातिक समावेशीताको कार्यान्वयन गर्न माग

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ  वार्षिकोत...

विश्वकपमा उपविजेता बनेकाे नेपाली खो खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान

काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy