काठमाडौं । मोहन वैद्य पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन् । आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो ।
यस एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेको थियो, महाधिवेसन किर्तिपुरमा सम्पन्न भएको हो । महाधिवेसनको बन्द सत्रमा वैद्यलाई अर्का नेता सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । लगत्तै हलमा प्रस्ताव गरे पछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
महासचिव वैद्य अब कम्तिमा पाँच वर्ष सो पार्टीको नेतृत्वमा रहनेछन् । सो महाधिवेसनले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन पारित गरेको छ । महाधिवेशनको बन्द सत्रले ११७ सदस्यीय पूर्ण र ८० सदस्यीय वैकल्पिक रहेको केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको पहिलो बैठकले पार्टीको महाचिवमा मोहन वैद्य किरणलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
पार्टीका नेता सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली सुदर्शनको समर्थनमा मोहन वैद्य किरणलाई महासचिवमा निर्वाचित गरिएको हो । नव निर्वाचित महासचिवको तर्फबाट किरणले आफूले सकेसम्म क्रान्तिको तयारीमा पूर्ण रुपले लागिपर्ने प्रतिबद्धता मन्तव्य राखेका थिए ।
पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनमा बंगलादेश कम्युनिस्ट पार्टीका प्रतिनिधिले बधाई मन्तव्य राखेका थिए भने नेता परि थापाले बन्द सत्रमा पारित समसामयिक प्रस्तुत गरेका थिए । समापन सत्रको अन्त्य गर्दै नेता सीपी गजुरेलेलले महाधिवेशन सफल पार्न प्रत्यक्ष परोक्ष रुपमा भूमिका खेल्ने सबै पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक समर्थक लगायत विदेशी भाइचरा पार्टीका प्रतिनिधिहरुलाई समेत धन्यवाद ज्ञापन गरेका थिए ।
नव निर्वाचित कमिटिको बैठक माघको पहिलो साता काठमाडौंमा राख्ने निर्णय गरिएको छ । सो बैठकको तयारीको लागि महाचिव किरणको नेतृत्वमा सात सदस्यीय सहयोगी टिम समेत बनाइएको छ । सो बैठकले पार्टीको आगामी संगठन र संघर्षसम्बन्धी कामको योजना तर्जुमा गर्ने पनि बताइएको छ ।
मंसिर १३ गते काठमाडौं न्यूरोडको भूगोल पार्कमा भव्य समारोहबिच उद्घाटन कार्यक्रम सम्पन्न गरी कीर्तिपुरको स्मृति हलमा बन्द सत्र सुरु गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोहन वैद्य किरणले प्रस्तुत गरेको मूल राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरेको थियो । कार्यलयबाट प्रस्तुत १६ वटा प्रस्ताव र अन्य फरक मतमाथि २० वटा समूह बनाएर बहस चलाइएको थियो । समूह छलफलमा उठेका विषयवस्तुलाई संश्लेषित रुपमा समूहका नेताहरुले प्रस्ताव गरेका थिए ।
महाधिवेशनले पार्टीको पथप्रदर्शक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई पारित गरेको छ भने विचारधारालाई निश्चित विधिमार्फत् बहसमा लैजाने निर्णय गरेको छ । जनयुद्धको मूल्यांकनको प्रश्नमा सार्वजनिक रुपमा बहस नगर्ने र अहिले संघीयतालाई मानेर जाने र यसमा रहेका फरक मतलाई पार्टीभित्र र बाहिर निश्चित विधिमार्फत् बहस जारी राख्ने निर्णय गरिएको छ । अन्य फरक मतहरुका सन्दर्भमा पनि उल्लेखित विधि अनुसार नै बहसलाई जारी राखिने छ ।
महाधिवेशनमा देशैभरि, प्रवास र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत गरी ५५० जना प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: