काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन् ।
समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवाद निर्माणको अभियानमा लागिरहेको बताएका हुन् ।
‘मैले अहिलेसम्म तीनपटक सरकारको नेतृत्व अवसर पाएँ, हरेकपटक नवीनताको सुरुवात गरेको छु’, अध्यक्ष प्रचण्डले भने, ‘पहिलो कार्यकालमा पहाडी क्षेत्रमै सुविधा पुर्याएर बसाइँसराई रोक्ने उद्देश्यसहित मध्यपहाडी लोकमार्गको सुरुवात र गरीबको कृषि ऋण मिनाह, दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र लोडसेडिङमुक्त नेपालको नेतृत्व मेरा महत्त्वपूर्ण प्रयास थिए ।’
उनले तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले जनतालाई नयाँ आशा जागृत गर्ने ढोकासमेत खोलेको बताए । म तेस्रोपटक प्रधानमन्त्री हुँदा धेरैतिर निरासा थियो । भ्रष्टाचार डरलाग्दो गरी मौलाइरहेको थियो भने विभिन्न स्वरुपका विभेद समस्याको रुपमा देखिन थालेका थिए । आर्थिक रुपमा नेपाल जर्जर अवस्थामा थियो’, पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको उपलब्धि स्मरण गर्दै भने, ‘त्यो बेलामा मैले थालेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानले जनतामा पर्न थालेको आशा जगाउने काम मात्रै गरेन, यसले समाजवाद निर्माणको ढोकासमेत खोलेको छ ।’
अब आफू सुशासन, सामाजिक न्याय र समृद्धिको यही एजेण्डामार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्ने उल्लेख गर्दै उनले सहयोगका लागि सबैलाई आग्रह पनि गरे । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले हरेक हरेक समुदायकोे पहिचान स्थापित गरेर मात्रै राष्ट्रिय एकता कायम गर्न सकिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हरेक समुदायका संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा स्थापित गर्न आफूले मुख्यरुपमा जोड दिंदै आएको र सफल पनि भएको बताए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू पूर्णकालीनरुपमा राजनीतिमा होमिनुभन्दा अगाडि तीन वर्ष अध्यापन गरेको सम्झना सुनाए । ‘मेरा आरुघाटसँगका सम्बन्ध अलि असाधारण प्रकृतिका छन् ।एउटा व्यक्तिको जीवनमा दुई तीन वर्ष एउटा विद्यालयमा शिक्षकको रुपमा रहने ठूलो कुरा होइन तर त्यतिबेला जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने त्यो मेरो पहिलो अभ्यास थियो’, उनले भने, ‘मैले त्यहाँ कक्षा कोठामा शिक्षण मात्रै गरिनँ, किसानलाई प्रौढ कक्षादेखि कृषि पेशालाई आधुनिकीकरण गर्ने र शौचालय निर्माणलगायतका सरसफाइका जागरणका कामहरु पनि गरें ।’
यसले आफूलाई जनतासँग जोडिन प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै उनले आफू पूर्णकालीन राजनीतिमा होमिनुअघि अब जीवनलाई कता लैजाने भन्ने निष्कर्ष निकाल्ने आधारको रुपमा आरुघाटलाई लिने गरेको स्मरण गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: