Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

संसद सेवा प्रभावकारी हुन सकेन: अध्यक्ष दाहाल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णय व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् । 

आइतबार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसदको भूमिका प्रभावकारी हुन नसकेको बताए । उनले संसदको भूमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामको कारणसहति उजागर गर्न आवश्यक रहेको बताए । 

निर्णय गरिएका विषय मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्नु आवश्यक रहेको उनको भनाइ छ । उनले संसद चलाउने क्रममा भएका गल्ती सबैले स्वीकार गर्दै भविष्यमा त्यस्ता गल्ती नदोहार्‍याउने प्रतिबद्धता गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सांसदलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुनु आवश्यक रहेको बताए । 

उनले सांसदसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हिसाबले जनातासँग जोडिएको उल्लेख गर्दै विकास निर्माणसँगै कानुन निर्माणमा ध्यान दिन जरुरी रहेको बताए । अधिकांश सांसद कानुन निर्माणभन्दा विकास निर्माणका काममा सक्रियता देखाइरहेको उल्लेख गर्दै उनले सिद्धान्ततः कानुन निर्माणमै जोड दिनु आवश्यक रहेको समेत स्पष्ट पारे । 

संसद सेवा भित्रका कर्मचारीले संसद बैठक चलाउने, समितिका बैठक सञ्चालन गर्ने र आर्थिक प्रशासनिक काम गर्ने भएका कारण संसद प्रभावकारी बनाउन उनीहरुको भूमिका महत्वपूर्ण रहेको घिमिरेको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending