Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न तयार रहेको ट्रम्पको दाबी

खबरडबली संवाददाता

पेरिस । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गरेको त्रिपक्षीय वार्तापछि ट्रम्पको उक्त भनाइ आएको हो । ट्रम्पले युक्रेनलाई पठाइएको अर्बौं डलरको सैन्य सहायताको खुलेर खिल्ली उडाउँदै आफ्नो निर्वाचन अभियानका क्रममा आफु राष्ट्रपति निर्वाचित भएमा जिम्मेवारी सम्हालेको २४ घण्टाभित्र नै द्वन्द्व अन्त्य गर्न सक्ने दाबी गरेका थिए । 

ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “जेलेन्स्की र युक्रेन सम्झौता गर्न र युद्ध रोक्न चाहन्छन् ।” उनले अगाडि भनेका छन्, “तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । धेरैको जीवन यति अनावश्यक रूपमा बर्बाद भइरहेको छ । धेरै परिवारहरू गुमेका छन् । यदि यो जारी रह्यो भने यो धेरै ठूलो क्षति र अझ खराब अवस्थामा परिणत हुन सक्छ ।”

त्रिपक्षीय भेटको केही घण्टामा नै अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनका लागि ९८ करोड ८० लाख अमेरिकी डलरको नयाँ सैन्य सहायता प्याकेज घोषणा गरेको छ । पेन्टागनका अनुसार उक्त प्याकेजमा ड्रोन, हिमार्स रकेट लञ्चरका लागि गोलाबारुद, लामो दूरी मार हान्न सक्ने हतियार, ट्याङ्क र बख्तरबन्द गाडीका लागि उपकरण र त्यसका सामान समावेश गरिएको छ । 

ट्रम्पले युक्रेनमा आन्तरिक रूपमा अलोकप्रिय सहुलियतसहित शान्तिको लागि दवाब दिनसक्ने चिन्ता छ । जेलेन्स्कीले रूससँग कुनै पनि सम्झौता समतामूलक हुनुपर्नेमा जोड दिएको बताइएको छ । “हामी सबै शान्ति चाहन्छौं । तर यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ शान्ति हामी सबैका हसनुपर्छ र रूस र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन वा अन्य कुनै आक्रमणकारी अव कहिल्यै युक्रेनमा नफर्कने सम्भावनालाई सुनिश्चित गर्नुपर्छ,” जेलेन्स्कीले भने । 

उनले भने, “सबैभन्दा महत्वपूर्ण कुरा न्यायपूर्ण शान्ति र सुरक्षाको प्रत्याभूतिको हो । युद्धविराम वा शान्ति सम्झौताले युक्रेनका लागि बलियो सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ ।” जेलेन्स्कीले वार्तालाई ‘राम्रो र फलदायी’ भन्दै ट्रम्पको दृढ सङ्कल्पका लागि धन्यवाद पनि दिएको बताइएको छ । 

नोट्रे डेम क्याथेड्रलको पुनः उद्घाटन समारोहमा भाग लिनुभन्दा ठीक अघि ट्रम्पसँगको जेलेन्स्कीको भेट, अमेरिकी चुनावमा विजय हासिल गरेपछि विश्वका धनाढ्यबाट राजनीतिज्ञ बनेका ट्रम्पसँगको पहिलो प्रत्यक्ष भेट थियो । छलफलप्रति आफ्नो प्रतिक्रियामा म्याक्रोँले सामाजिक सञ्जालमा लेखेका छन्, “शान्ति र सुरक्षाका लागि संयुक्त प्रयास जारी राखौँ ।”

मध्यपूर्वको सङ्कटमा युरोपेली मित्रराष्ट्रहरूले बाइडेनसँग घनिष्ठ सम्बन्ध कायम गरेका छन्, तर ट्रम्पले सहयोगी पश्चिमा राष्ट्र र संयुक्त राज्य अमेरिकालाई अझ टाढा र इजरायललाई नजिकबाट राख्ने सम्भावना छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: