विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक्कासि र उत्तेजनामा संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
कोशी प्रदेश समितिले शनिबार विराटनगरमा आयोजना गरेको प्रथम सम्मेलनमा महामन्त्री थापाले नयाँ र पुरानो संविधानको प्रतिफलको बृहत् समीक्षा देशभरि चलाउँदै गणतन्त्र संघीयता र समानुपतिक व्यवस्थाका लागि आवश्यक विषयमा मात्रै संविधान संशोधन गर्ने कांग्रेसले तयारी गरिरहेको बताए ।
थापाले संविधान संशोधनबारे पार्टी सचिवालय केन्द्रीय कमिटीमा छलफल भैसकेको र उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदलसमेत बनिसकेकोले पार्टीभित्र बृहत् छलफल भएपछि सभापति शेरबहादुर देउवाकै नेतृत्व कालमा संविधान संशोधन हुने बताए ।
महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणाली रहेसम्म संसदीय व्यवस्थामा कुनै पनि पार्टीले पाँच वर्ष पूरा कार्यकाल शासन गर्न नपाउने र राजनीतिक स्थिरता पनि नहुने भएकोले संविधान संशोधन आवश्यक भएको बताए । उनले भने, ‘कांग्रेस बिगार्ने हैन सपार्ने पार्टी हो । यसैले कसैले उत्तेजनामा संशोधन प्रस्ताव ल्यायो भन्दैमा कांग्रेस हडबढाएर संशोधन गर्दैन । बृहत् समीक्षा गरेर मात्र आवश्यक संशोधन गर्नेछ ।’
थापाले कांग्रेसले पहिले कांग्रेसको विधान संशोधन गर्ने अनि मात्र समयमै पार्टीको १५औँ महाधिवेशन गर्ने बताए । यसैले पार्टी केन्द्रीय समितिले समयमै पार्टीको क्रियाशील सदस्यता नवीकरण गराउन सबै तहमा परिपत्र गरिसकेको, तर आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्त कतैबाट पनि नवीकरण नभएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: