तेहरान । इरानले शुक्रबार आफ्नो सबैभन्दा भारी अन्तरिक्ष ‘पेलोड’ (एक उपग्रह र एउटा अन्तरिक्ष यान) लाई स्वदेशमा विकसित रकेटको प्रयोग गरी सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
सरकारी टेलिभिजनका अनुसार ३०० किलोग्राम तौल भएको उक्त पेलोडमा फखर–१ दूरसञ्चार उपग्रह र समन–१ अन्तरिक्ष यान रहेको छ । इरान अन्तरिक्ष अनुसन्धान केन्द्रले सन् २०१७ मा सार्वजनिक गरेको ‘समन–१’ एक ‘कक्षीय प्रसारण प्रणाली’ हो, जुन तल्लो कक्षबाट माथिल्लो कक्षमा उपग्रहहरू पुर्याउनका लागि डिजाइन गरिएको हो ।
“यो प्रक्षेपण उपग्रहलाई उच्च कक्षमा स्थानान्तरण गर्ने दिशामा महत्त्वपूर्ण कदम हो,” टिभी रिपोर्टमा भनिएको छ । यो प्रणाली पहिलो पटक सन् २०१७ को फेब्रुअरी मा इरानका तत्कालीन राष्ट्रपति हसन रुहानीको उपस्थितिमा सुरु गरिएको थियो र सन् २०२२ मा परीक्षण सुरु गरिएको थियो ।
पेलोडहरू सेम्नान प्रान्तको इमाम खोमेनी प्रक्षेपण आधारबाट घरेलु सिमोर्ग उपग्रह वाहक प्रयोग गरेर प्रक्षेपण गरिएको हो । एक पौराणिक इरानी चराको नामबाट नामकरण गरिएको सिमोर्ग इरानको रक्षा मन्त्रालयले विकास गरेको तरल–ईन्धन उपग्रह प्रक्षेपण वाहन हो ।
गत सेप्टेम्बरमा इरानले रिभोल्युसनरी गार्ड्सको एयरोस्पेस डिभिजनले उत्पादन गरेको गायम यानको प्रयोग गरेर चाम्रान–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक कक्षमा स्थापित गरेको बताएको थियो । गत महिना रुसले इरानले निर्माण गरेका दुई उपग्रह कोस्वार र होधोदसहित ५५ वटा भूउपग्रह प्रक्षेपण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: