जेनेभा । सिरियामा जारी द्वन्द्वका कारण एक साताको अवधिमा करिब दुई लाख ८० हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर अब्देलजाबरले जेनेभामा पत्रकारहरूसँग भने, “नोभेम्बर २७ देखि अहिलेसम्म दुई लाख ८० हजार विस्थापित भएको हामीलाई जानकारी प्राप्त भएको छ । दमास्कसबाट प्राप्त समाचार अनुसार सिरियाली सेनाले सहयोगी राष्ट्र रूससहितका लडाकु विमानको सहयोगमा शुक्रबार हामा प्रान्तमा ‘विद्रोहीका सवारी साधन र भेला’ लाई निशाना बनाएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
“हाम्रो सशस्त्र बलले हामा प्रान्तको उत्तर र दक्षिणमा रहेका विद्रोहीका सवारी साधन र भेलालाई तोपखाना, क्षेप्यास्त्र र सिरियाली–रूसी लडाकू विमानको प्रयोग गरी निशाना बनाइरहेको छ,” सैन्य स्रोतलाई उद्धृत गर्दै सिरियाली मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, लेबनानको राजधानी बेरुतबाट प्राप्त जानकारी अनुसार इस्लामवादी नेतृत्वको विद्रोहीले शुक्रबार सिरियाको तेस्रो शहर होम्सबाट केही दूरीमा रहेका दुई रणनीतिक सहरलाई आफ्नो नियन्त्रणमा लिएको सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले जनाएको छ ।
राइट्सका प्रमुख रामी अब्देल रहमानले भने, “हयात तहरीर अल–शाम र सहयोगी समूहहरू रास्तान र ताल्बिसेहलाई कब्जा गरेपछि होम्स शहरको बाहिरी इलाकाबाट पाँच किलोमिटर टाढा पुगेका छन् । उनले होम्सलाई नियन्त्रण गर्नाले विद्रोहीहरूले सिरियाली तटतर्फ जाने मुख्य सडक काट्न सक्ने बताएका छन् ।
सरकारबाट दोस्रो शहर अलेप्पो कब्जा गरेको केही दिनपछि इस्लामिक समूह एचटीएस र सहयोगी लडाकुहरूले बिहीबार कब्जा गरेको हामाको दक्षिणमा होम्स छ । विद्रोही सैन्य कमाण्डर हसन अब्देल घानीले शुक्रबार टेलिग्राममा एक वक्तव्य जारी गर्दै भने, “हाम्रो सेना होम्स शहरतर्फ निरन्तर अघि बढिरहेको छ ।
मार्च २०११ मा सिरियाको विद्रोह सुरु भएपछि शहरमा व्यापक विरोध प्रदर्शन भएका कारण होम्सलाई कुनै समय ‘क्रान्तिको राजधानी’ भनिएको थियो । द्वन्द्वको प्रारम्भिक वर्षहरूमा, होम्सले विपक्षी गुटहरू र सिरियाली सेनाबीच भीषण युद्धको मार खेपेका थिए । सन् २०१७ को मार्च र मे महिनाको बीचमा होम्सको विद्रोहीको कब्जामा रहेको अन्तिम किल्ला वेरबाट युद्धविराम सहमति अनुरूप हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: