Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

दक्षिण कोरियाको सत्तारुढ दलद्वारा युनको राजीनामा माग

खबरडबली संवाददाता

सियोल । दक्षिण कोरियाको सत्तारुढ दल, पिपुल्स पावर पार्टीका अध्यक्षले राष्ट्रपति युन सुक योलले देशको लागि ठूलो खतरा उत्पन्न गरेको भन्दै उनलाई पदबाट हटाउनु उचित भएको बताएका छन् । 

युनको पिपुल्स पावर पार्टीका प्रमुख हान दोङ–हुनको आश्चर्यजनक टिप्पणीले शनिबार राष्ट्रपतिलाई महाभियोग लगाउन पर्याप्त सांसदहरूले मतदान गर्ने लगभग सुनिश्चितता गरेको छ 
 । हानले बिहीबार महाभियोगलाई रोक्ने बताका थिए । पार्टीका अर्का एक नेताले भने शनिबारको मतदानमा युनलाई समर्थन गर्न पीपीपीका सबै १०८ सदस्य एकजुट हुने बताएका छन् । 

युनले मङ्गलबार राति सैनिक शासन (मार्शल ल) को घोषणा गरेर केही गलत गरेको स्वीकार गर्न इन्कार गरेका कारण शुक्रबार आफ्नो अडान परिवर्तन भएको हानले बताए । हानले भने, “नयाँ तथ्यलाई ध्यानमा राख्दै गणतन्त्र कोरिया र त्यहाँका जनताको रक्षाका लागि राष्ट्रपति युन सुक योल जिम्मेवारीबाट शीघ्र निलम्बन हुन आवश्यक छ ।”

हानले भने, “युनले ‘गैरकानुनी रूपमा हस्तक्षेप गर्ने’ सैन्य अधिकारीविरुद्ध कुनै कारबाही गर्नुभएको छैन र उनले यो कदम गलत थियो भनेर स्वीकार गर्न अझै आनाकानी गरिरेका छन् । त्यसैले, यदि राष्ट्रपति यूनले राष्ट्रपतिको पद धारण गरिरहेकाे भने दक्षिण कोरिया र यहाँका जनताका लागि गम्भीर जोखिम छ । वर्तमान सङ्कटकालीन अवस्था जस्तै चरम कार्यहरू दोहोरिन सक्छ ।”

युनले मङ्गलबार अबेरसम्म नागरिक शासनलाई निलम्बित गर्दै संसदमा सेना तैनाथ गरेको थियो । विपक्षीहरूको विरोधका कारण केही घण्टामा नै उनले आफ्नो निर्णय परिवर्तन गर्न बाध्य हुनुपरेको थियो । दक्षिण कोरियाको ३०० सदस्यीय विधायिकामा विपक्षीको बहुमत छ र महाभियोगका लागि आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न पीपीपीबाट केही सांसदले दलबदल गर्नु आवश्यक छ । रियलमिटरले बिहीबार सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार राजधानीका ७३.६ प्रतिशत उत्तरदाताले महाभियोगको समर्थन गरेका छन् । 

राष्ट्रपतिको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारीले बिहीबार साँझ मध्य सियोल र संसद भवन नजिकै प्रदर्शन जारी राखेका छन् । महाभियोग प्रस्ताव पारित भएमा संवैधानिक अदालतको फैसला नआउन्जेलसम्म युनलाई निलम्बन गरिनेछ । यदि न्यायाधीशहरूले सहमति दिएमा युनलाई महाभियोग लगाइनेछ र ६० दिनभित्र नयाँ निर्वाचन हुनुपर्नेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending