Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भारतकाे विहारमा मदिरा प्रतिबन्ध, यता फस्टाउँदै

खबरडबली संवाददाता

नवलपुर । भारतको बिहारमा मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएपछि नवलपुरको सीमावर्ती क्षेत्रमा मदिरा व्यावसाय फस्टाउँदै गएको छ । जिल्लाको सीमावर्ती ग्रामीण क्षेत्रका बजारदेखि सहरी क्षेत्रका मदिरा पसलमा समेत मदिरा व्यवसाय फस्टाएको स्थानीय व्यापारीले बताएका छन् । 

सीमावर्ती क्षेत्रमा बिहानैदेखि मदिरा सेवन गर्न आउनेको चहलपहल हुने गरेको विनयी त्रिवेणी गाउँपालिका ६ का रामजी यादवले बताए । यसरी मदिरा सेवन गर्न आउने अधिकांश भारतीय नागरिक हुन् । भारतीय ग्राहकका कारण सीमा क्षेत्रका निम्न र मध्यमवर्गाीय नेपालीले सञ्चालन गरेका साना होलल तथा रेष्टुरेन्टमा भिडभाड हुने गरेको यादवको भनाइ छ । 

गुल्मीबाट आएर नेपाल भारत सीमानाको भैसालोटनमा होटल सञ्चालन गरिरहेकी भिमु पचभैयाले भारतमा मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएकाले भारतीय ग्राहकहरुको राम्रै उपस्थिती हुने गरेको बताइन । धेरैजसो भारतीय माछा र मदिरा खान आउने गरेको उनले सुनाइन । ‘‘कहिले धेरै आउँछन्, कहिले थोरै, भोलीपल्ट बिदा परेको दिन भिडभाड नै हुन्छ,’’ पचभैयाले भनिन्, ‘‘खेतीपाती छैन, यही होटलबाटै खाने, बालबच्चा पढाउने काम भइरहेको छ, जेहोस् सन्तोषजनक छ ।’’

भारतबाट मदिरा सेवनका लागि भैसालोटन आएका रुष्टम अलीले बिहार सरकारले मदिरा सेवन र बिक्रिवितरण गर्न प्रतिवन्ध लगाएकाले बाध्य भएर नेपाल आउन परेको बताए । ‘‘लत लागेपछि खानै पर्‍यो, धन्न खुल्ला सीमाना छ र सहजै यता आएर खान पाइन्छ,’’ अलिले भने । बिहार र उत्तरप्रदेशका धेरै भारतीय पर्यटक बनेर नेपाल आइ मदिरा पिएर फर्कने गरेको अलिले बताए । 

पहिले खाली रहने मदिरा पसलमा आजभोलि बिहानैदेखि भारतबाट मदिरा सेवन गर्नेहरुकै बढी भिड लाग्ने गरेको उनको भनाइ छ । निम्न वर्ग र मध्यम वर्गीयहरु ग्रामीण क्षेत्रका साना होटलहरुमा बढी जाने गर्छन् भने हुने खाने मोटरसाइकल र जिप नै लिएर यहाँका ठुला सुविधा सम्पन्न होटल तथा रेसटुरेन्टमा मदिरा पिउन आउने गरेको स्थानीयको भनाइ छ ।

भारतीय सवारी साधनलाई छुट पुर्जि मात्रै लिएर प्रवेश गर्न पाउने भएकाले यहाँ मात्र नभइ नेपाल भारत सीमामा रहेका प्राय सबै साना तथा ठुला होटलमा मोटर साइकल, तीन पांग्रे गाडी, स्कारपियो र वोलेरो लिएर नेपाल आइ मदिरा सेवन गर्नेको संख्या उल्लेख्य हुने गरेको छ । 

भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले भारततर्फ मदिरा बोकेर जाने माथि निगरानी बढाए पनि खाएर जानेहरुलाई धेरै महत्त्व नदिएपछि मदिरा पिउन आउनेको संख्या बढेको स्थानीय व्यावसायीहरुको भनाइ छ । यो क्षेत्रमा अहिलेसम्म मदिरा सेवान गरे झैझगडा भने नभएको पचभैयाले बताइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: