Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भारतकाे विहारमा मदिरा प्रतिबन्ध, यता फस्टाउँदै

खबरडबली संवाददाता

नवलपुर । भारतको बिहारमा मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएपछि नवलपुरको सीमावर्ती क्षेत्रमा मदिरा व्यावसाय फस्टाउँदै गएको छ । जिल्लाको सीमावर्ती ग्रामीण क्षेत्रका बजारदेखि सहरी क्षेत्रका मदिरा पसलमा समेत मदिरा व्यवसाय फस्टाएको स्थानीय व्यापारीले बताएका छन् । 

सीमावर्ती क्षेत्रमा बिहानैदेखि मदिरा सेवन गर्न आउनेको चहलपहल हुने गरेको विनयी त्रिवेणी गाउँपालिका ६ का रामजी यादवले बताए । यसरी मदिरा सेवन गर्न आउने अधिकांश भारतीय नागरिक हुन् । भारतीय ग्राहकका कारण सीमा क्षेत्रका निम्न र मध्यमवर्गाीय नेपालीले सञ्चालन गरेका साना होलल तथा रेष्टुरेन्टमा भिडभाड हुने गरेको यादवको भनाइ छ । 

गुल्मीबाट आएर नेपाल भारत सीमानाको भैसालोटनमा होटल सञ्चालन गरिरहेकी भिमु पचभैयाले भारतमा मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएकाले भारतीय ग्राहकहरुको राम्रै उपस्थिती हुने गरेको बताइन । धेरैजसो भारतीय माछा र मदिरा खान आउने गरेको उनले सुनाइन । ‘‘कहिले धेरै आउँछन्, कहिले थोरै, भोलीपल्ट बिदा परेको दिन भिडभाड नै हुन्छ,’’ पचभैयाले भनिन्, ‘‘खेतीपाती छैन, यही होटलबाटै खाने, बालबच्चा पढाउने काम भइरहेको छ, जेहोस् सन्तोषजनक छ ।’’

भारतबाट मदिरा सेवनका लागि भैसालोटन आएका रुष्टम अलीले बिहार सरकारले मदिरा सेवन र बिक्रिवितरण गर्न प्रतिवन्ध लगाएकाले बाध्य भएर नेपाल आउन परेको बताए । ‘‘लत लागेपछि खानै पर्‍यो, धन्न खुल्ला सीमाना छ र सहजै यता आएर खान पाइन्छ,’’ अलिले भने । बिहार र उत्तरप्रदेशका धेरै भारतीय पर्यटक बनेर नेपाल आइ मदिरा पिएर फर्कने गरेको अलिले बताए । 

पहिले खाली रहने मदिरा पसलमा आजभोलि बिहानैदेखि भारतबाट मदिरा सेवन गर्नेहरुकै बढी भिड लाग्ने गरेको उनको भनाइ छ । निम्न वर्ग र मध्यम वर्गीयहरु ग्रामीण क्षेत्रका साना होटलहरुमा बढी जाने गर्छन् भने हुने खाने मोटरसाइकल र जिप नै लिएर यहाँका ठुला सुविधा सम्पन्न होटल तथा रेसटुरेन्टमा मदिरा पिउन आउने गरेको स्थानीयको भनाइ छ ।

भारतीय सवारी साधनलाई छुट पुर्जि मात्रै लिएर प्रवेश गर्न पाउने भएकाले यहाँ मात्र नभइ नेपाल भारत सीमामा रहेका प्राय सबै साना तथा ठुला होटलमा मोटर साइकल, तीन पांग्रे गाडी, स्कारपियो र वोलेरो लिएर नेपाल आइ मदिरा सेवन गर्नेको संख्या उल्लेख्य हुने गरेको छ । 

भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले भारततर्फ मदिरा बोकेर जाने माथि निगरानी बढाए पनि खाएर जानेहरुलाई धेरै महत्त्व नदिएपछि मदिरा पिउन आउनेको संख्या बढेको स्थानीय व्यावसायीहरुको भनाइ छ । यो क्षेत्रमा अहिलेसम्म मदिरा सेवान गरे झैझगडा भने नभएको पचभैयाले बताइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending