Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

के छ प्रधानमन्त्री ओलीले जारी गरेकाे १४ बुँदे प्रेस नोटमा ?

खबरडबली संवाददाता

काठमाडौं । छिमेकी देश चीनकाे भ्रमण सकेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बुँदे प्रेस नाेट जारी गरेका छन् । चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा मंसिर १७ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली बिहीबार स्वदेश फर्किएर प्रेस नाेट जारी गरेका हुन् । 

स्वदेश फर्किएपछि १४ बुँदे प्रेस नोट जारी गर्दै उनले भ्रमणको बारेमा जानकारी गराएका छन् । 

यस्ताे छ, प्रधानमन्त्री ओलीकाे प्रेस नाेट 

सञ्चारकर्मी  मित्रहरू,
१. मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री (Premier of the State Council) महामहिम लि छियाङ (H.E. Li Qiang) को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी मैले २०८१ मङ्‌सिर १७ देखि २० (तदनुसार सन् २०२४ डिसेम्बर २-५) सम्म चीनको ४ दिने‍ औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएको छु ।

२. मेरो यस भ्रमण र प्राप्त उपलब्धिहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास, बेइजिङबाट जारी भएका प्रेस विज्ञप्ति एवम् भ्रमण टोलीमा रहनुभएका सञ्चारकर्मी मित्रहरूबाट सम्प्रेषण भएका समाचारहरूबाट यहाँहरूले जानकारी प्राप्त गर्नुभएकै छ ।

३. यस भ्रमणका क्रममा मैले चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङ (H.E. Xi Jinping) सँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरूमा छलफल गरेँ । मैले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री (Premier of the State Council) महामहिम लि छियाङ (H.E. Li Qiang) ले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता (Bilateral Talks) सम्पन्न भयो । उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरूमा घनीभूत र हार्दिकतापूर्ण छलफल भयो । त्यसै गरी, चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष (Chairman of the Standing Committee of the National People’s Congress) महामहिम श्री चाओ लुची (H.E. Mr. Zhao Leji) सँग पनि मेरो भेटघाट तथा छलफल भयो ।

४. बुद्धिजीवी, प्राध्यापक, विद्यार्थी तथा प्रबुद्ध वर्गहरूको उपस्थितिमा बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजना गरिएको एक प्राज्ञिक कार्यक्रममा मैले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेँ । (उक्त सम्बोधन परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ ।)

५. नेपाली राजदूतावास, बेइजिङ, चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (China Council for Promotion of International Trade- CCPIT) र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल-चीन बिजनेस फोरम (Nepal-China Business Forum) लाई पनि मैले सम्बोधन गरेँ । उक्त अवसरमा नेपालको पर्यटकीय आकर्षण र लगानीको सम्भावनाको चर्चा गर्दै चिनियाँ जनतालाई नेपाल भ्रमण गर्न र नेपालमा लगानी गर्न आह्वान गरेको छु ।

६. बेइजिङस्थित नेपाली राजदूतावासले म र मेरो प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएँ । सो अवसरमा चीनमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र चिनियाँ मित्रहरूसँग मेरो संवाद भयो ।

७. भ्रमणका अवसरमा नेपाल र चीनबीच निम्नानुसार सम्झौता/समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

1. बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क (Framework for Belt and Road Cooperation) 

2. टोखा-छहरे सुरुङमार्ग (Tokha-Chhahare Tunnel) सम्बन्धी पत्र आदान-प्रदान (Letter of Exchange)

3. नेपाल-चीन व्यापार अभिवृद्धि (Nepal-China Trade Promotion) सम्बन्धी समझदारी पत्र

4. नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदान-प्रदान

5. Thermally Processed Buffalo Meat निर्यातसम्बन्धी प्रोटोकल

6. विकास योजना (Development Plan 2025-2029) सम्बन्धी समझदारी पत्र

7. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्र (Agreement on Economic and Technical Cooperation) 

8. नगद सहयोगसम्बन्धी पत्र आदान-प्रदान (Letter of Exchange on Cash Assistance) 

9. स्वयंसेवी चिनियाँ भाषा शिक्षक (Volunteer Chinese Language Teachers) सम्बन्धी समझदारी पत्र

10. नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूह (China Media Group) बीच सञ्‍चार प्रविधि (Media Technology) सम्बन्धी समझदारी पत्र ।

यी सम्झौता/समझदारी पत्रले नेपाल र चीनबीचको आर्थिक सहयोग र विकास साझेदारीलाई थप गति प्रदान गर्ने विश्वास लिएको छु । 

८. चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सि चिनफिङद्वारा थप अनुदान RMB ५०० मिलियन (करिब ने.रू. ९ अर्ब ३४ करोड) घोषणा भएको छ।

९. भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति (Joint Statement) जारी गरिएको छ । उक्त विज्ञप्तिमा दुई देशबीच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्नुका साथै नेपाल-चीन सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश गरिएको छ। (उक्त संयुक्त विज्ञप्ति परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ ।) 

१०. यस पटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्जाल (Connectivity), पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्यलगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरू अघि सारेका छौँ । यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु ।  

११. मेरो भ्रमण दलमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, मेरा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संघीय संसदका माननीय सदस्यहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मी मित्रहरू सहभागी हुनुभएको थियो ।

१२. यस भ्रमणका क्रममा जनवादी गणतन्त्र चीन सरकारका तर्फबाट म तथा मेरो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका महामहिम राष्ट्रपति, महामहिम प्रधानमन्त्री तथा उच्च नेतृत्व र चिनियाँ जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

१३. यस भ्रमणका विषयमा तपाईंहरूले निरन्तर समाचार सम्प्रेषण गरेर आमजनतालाई सुसूचित गर्न पुर्याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

१४. मेरो भ्रमणलाई सफल र सार्थक बनाउन योगदान पुर्याउने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

धन्यवाद।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending