काठमाडौं। खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरूले खाना वितरण रोकिएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार सोमबार बेलुकादेखि खाना उपलब्ध नभएपछि रातभर भोकै बस्नुपरेको थियो।
होल्डिङ सेन्टरमा रहेका एक सुकुमवासीले भने, “खाना नदिएपछि रातभर भोकै बस्यौं। कुनै उपाय नदेखेपछि बिहानदेखि विरोध गर्न बाध्य भएका हौं।”
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले आफूले सोमबार बिहानसम्म खाना पाएको तर त्यसपछि वितरण रोकिएको जानकारी दिए। “म सोमबार बिहान खाना खाएर निस्किएको थिएँ। साँझदेखि खाना नदिएको रहेछ। अहिले बस्ने कोठा खोज्दै हिँडिरहेको छु,” उनले भने।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ। यसबीच सुकुमवासीहरूले सरकारले आफैं बस्न दिएको अवधिमा समेत आधारभूत आवश्यकता पूरा नगरेको गुनासो गरेका छन्।
खरिपाटीस्थित होल्डिङ सेन्टरका अर्का एक सुकुमवासीका अनुसार खाना अभावका कारण बिरामी, ज्येष्ठ नागरिक र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। “खाना खाएपछि मात्रै खानुपर्ने औषधि पनि धेरै बिरामीले खान पाएका छैनन्,” उनले बताए।
सरकारले गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएर प्रभावित परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो। खरिपाटीस्थित केन्द्रमा हाल ९९ परिवारका २०७ जना बसोबास गरिरहेका छन्।
सुकुमवासीहरूको विरोधपछि होल्डिङ सेन्टरमा सुरक्षा व्यवस्था कडा पारिएको छ र सुरक्षाकर्मी परिचालन गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ११:३८
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक सोमबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खना...
आषाढ़ २३ गते, २०८३ - ११:३०
दुबई। इरानका दिवङ्गत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि...
आषाढ़ २३ गते, २०८३ - ११:१७
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको औचित्य, वैधता र कार्यक्षेत्र स्पष्ट नभएको भन्दै चार राजनीतिक दलले वर्तमान प्रक्रिया...
आषाढ़ २३ गते, २०८३ - १०:४४
धनगढी। कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागुऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली...
आषाढ़ २३ गते, २०८३ - १०:३४
काठमाडौं। खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरूले खाना वितरण रोकिएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुस...
आषाढ़ २३ गते, २०८३ - १०:२६
गुल्मी। लुम्बिनी प्रदेश सभा बैठक मङ्गलबार बस्दै छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत ...
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...



प्रतिकृया लेख्नुहोस्: