Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सन् २०२४ मा प्राकृतिक विपत्तिका कारण तीन खर्ब १० अर्ब अमेरिकी डलर बराबरको क्षति

खबरडबली संवाददाता

जुरिच । प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ । 

जलवायु सङ्कटका कारण सन् २०२३ को तुलनामा छ प्रतिशतले वृद्धि भएको पनि स्विस रेले जनाएको छ । यसैबिच, हेलेन र मिल्टन नामक विनाशकारी आँधीबेहरीका कारण बिमा गरिएको क्षति १७ प्रतिशतले वृद्धि भई १३५ अर्ब अमेरिकी डलर पुगेको स्विस रेले एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

बिमा घाटा १०० अर्ब डलरभन्दा माथि पुगेको यो लगातार पाँचौँ वर्ष भएको कम्पनीले जनाएको छ । स्विस रेका विपत्ति र खतराका प्रमुख बाल्ज ग्रोलिमुन्डले एक विज्ञप्तिमा भनेका छन्, “यो बढ्दो क्षतिको बोझको अधिकांश परिणाम सहरी क्षेत्रमा मूल्य एकाग्रता, आर्थिक वृद्धि र बढ्दो पुनर्निर्माण लागतको परिणाम हो ।”

स्विस रेले बिमा कम्पनीहरूको बिमाकर्ताको रूपमा काम गर्छ र जलवायु परिवर्तनको प्रभावमा महत्त्व  दिन्छ । ग्रोलिमुन्डले भने, “यस वर्षको धेरै विपत्तिको कारण बनेको परिस्थितिलाई समर्थन गरेर, जलवायु परिवर्तनले पनि बढ्दो भूमिका खेलिरहेको छ ।” कम्पनीले विशेष गरी बाढीको बढ्दो बिमा लागतलाई महत्त्व दिएको छ । 

युरोप र संयुक्त अरब इमिरेट्समा मात्र तीव्र बाढीका कारण बिमाकर्ताहरूले १३ अर्ब अमेरिकी डलर खर्च गरेका छन् । सन् २०२४ बाढीका लागि विश्वमा तेस्रो र युरोपका लागि दोस्रो सबैभन्दा महँगो वर्ष हो । संयुक्त राज्य अमेरिकाले यसबिचमा सबैभन्दा बढी बिमा गरिएको नोक्सानी व्यहोरेको छ । 

सेप्टेम्बरको अन्त्य र अक्टोबरको सुरुमा दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा आएको ‘हेलेन’ र ‘मिल्टन’ नामक आँधीका कारण मात्रै ५० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको स्विस रेले जनाएको छ । तीव्र आँधीबेहरीको उच्च शृङ्खलाको मतलब संयुक्त राज्य अमेरिकाले सन् २०२४  को कुल विश्वव्यापी बिमा हानिको कम्तीमा दुई-तिहाइको लागी जिम्मेवार रहेको स्विस बिमा कम्पनीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: